२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालका ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्,यसमा नेताहरुले पुन:विचार गर्ने विश्वास : भाजापा नेता जोली

२०८२, ८ जेष्ठ बुधबार १६:१७

काठमाडौँ ।  भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालमा ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहेको दाबी गरेका छन्। नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली जनतामा हिन्दू राष्ट्रका लागि गहिरो भावना रहेको बताएका हुन्। चारदिने भ्रमकण क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित शीर्ष नेतालाई भेटेको बताउँदै उनले भने,’ नेपालका ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्। म त्यसमा साथ दिन तयार छु।’

उनले जनताको भावनाअनुसार नेताहरूले पनि पुन:विचार गर्ने विश्वास आफूले लिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चारवर्षअघिको अभिव्यक्तिलाई पनि सम्झिए। त्यसबेला ओलीले ठोरीमा भगवान रामको जन्म भएको बताएका थिए। भारतीयहरूले उक्त अभिव्यक्तिमाथि आलोचना गरेका थिए।

नेपाल–भारत सम्बन्धबारे कुरा गर्दै उनले विगतका घटनाहरूलाई स्मरण गरे। ‘भूकम्पको बेला भारतले सबैभन्दा पहिला सहयोग गर्‍यो। नेपालले भारतलाई पीडा पर्दा साथ दिएको छ,’ उनले भने । पहालगाममा भएको आतङ्कवादी हमलापछि नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको घटनाको चर्चा गर्दै जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी समर्थन जनाएको कदम महत्त्वपूर्ण रहेको बताए।

भारतको अयोध्यामा राम मन्दिर बनेपछि स्थानीय आर्थिक विकासमा सहयोग पुगेको बताउँदै उनले भने, ‘त्यस्तो विकास नेपालमा पनि सम्भव छ, यदि सांस्कृतिक आत्मपहिचानलाई सम्मान गरियो भने,’ पहलगाम आतङ्कवादी हमलाबारे टिप्पणी गर्दै उनले भने, ‘२६ निर्दोष व्यक्तिलाई धर्मको आधारमा मारिएको थियो। ओसामा बिन लादेनलाई अमेरिकाले खोजेर समाप्त पारेजस्तै नरेन्द्र मोदीले पहलगाम आक्रमणमा संलग्न आतंककारीहरूलाई समाप्त पार्नुहुन्छ ।’

उनी इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा आएका हुन्। नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो