४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालका ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्,यसमा नेताहरुले पुन:विचार गर्ने विश्वास : भाजापा नेता जोली

८ जेष्ठ २०८२, बुधबार १६:१७

काठमाडौँ ।  भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालमा ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहेको दाबी गरेका छन्। नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली जनतामा हिन्दू राष्ट्रका लागि गहिरो भावना रहेको बताएका हुन्। चारदिने भ्रमकण क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित शीर्ष नेतालाई भेटेको बताउँदै उनले भने,’ नेपालका ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्। म त्यसमा साथ दिन तयार छु।’

उनले जनताको भावनाअनुसार नेताहरूले पनि पुन:विचार गर्ने विश्वास आफूले लिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चारवर्षअघिको अभिव्यक्तिलाई पनि सम्झिए। त्यसबेला ओलीले ठोरीमा भगवान रामको जन्म भएको बताएका थिए। भारतीयहरूले उक्त अभिव्यक्तिमाथि आलोचना गरेका थिए।

नेपाल–भारत सम्बन्धबारे कुरा गर्दै उनले विगतका घटनाहरूलाई स्मरण गरे। ‘भूकम्पको बेला भारतले सबैभन्दा पहिला सहयोग गर्‍यो। नेपालले भारतलाई पीडा पर्दा साथ दिएको छ,’ उनले भने । पहालगाममा भएको आतङ्कवादी हमलापछि नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको घटनाको चर्चा गर्दै जोलीले प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टाभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी समर्थन जनाएको कदम महत्त्वपूर्ण रहेको बताए।

भारतको अयोध्यामा राम मन्दिर बनेपछि स्थानीय आर्थिक विकासमा सहयोग पुगेको बताउँदै उनले भने, ‘त्यस्तो विकास नेपालमा पनि सम्भव छ, यदि सांस्कृतिक आत्मपहिचानलाई सम्मान गरियो भने,’ पहलगाम आतङ्कवादी हमलाबारे टिप्पणी गर्दै उनले भने, ‘२६ निर्दोष व्यक्तिलाई धर्मको आधारमा मारिएको थियो। ओसामा बिन लादेनलाई अमेरिकाले खोजेर समाप्त पारेजस्तै नरेन्द्र मोदीले पहलगाम आक्रमणमा संलग्न आतंककारीहरूलाई समाप्त पार्नुहुन्छ ।’

उनी इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा आएका हुन्। नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन