सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले"/>
2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राज्यमन्त्री चौधरी र मेयर पाण्डेको संयुक्त प्रतिबद्धता – दाङलाई प्रादेशिक राजधानी बनाउन पहल गछौं

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । नेपाल सरकारको श्रम तथा रोजगार राज्यमन्त्री बनेका काँग्रेश नेता डिल्ली बहादुर चौधरीलाई तुलसीपुर उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।आईतबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले विकास निर्माणमा एकसाथ अगाडी बढ्न श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीलाई आग्रह गरेका छन ।

कार्यक्रममा नगर प्रमुख पाण्डेले बाढीबाट क्षति भएका पुर्बाधारको पुनर्निर्माण र राहतको काममा एकसाथ अगाढी बढ्न आग्रह समेत गरे । उनले भने सामाजिक अभियानमा आफुहरुको लामो समयदेखी राम्रो समन्ध रहदै आएको र यस क्षेत्रको विकासमा समेत आफुले नेता चौधरी सँग ठुलो अपेक्षा गरेको उनले बताएका छन कार्यक्रममा नगर प्रमुख पाण्डेले भने तुलसीपुर उपमहानगरपालिका बासीको रुपमा आफुहरुले नेता चौधरीलाई मन्त्रिको रुपमा पाएकोले आफुहरुले ठुलो अपेक्षा समेत गरेको उनले बताएका छन ।

पुनर्निर्माण ,राहत , तुलसीपुर बिमान स्थल सञ्चालन तथा प्रदेशको राजधानि दाङमा बनाउने बिषयमा चासो र सक्रियता बढाउन आग्रह गर्दै मन्त्रीको साथमा स्थानिय सरकार रहेको समेत बाएका छन ।कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले सबै पार्टिहरुले सकारात्मक भूमिका खेल्न सके दाङलाई प्रादेशीक राजधानी बनाउन सकिने दाबी समेत गरे। उनले भने बुटवल राजधानी बनाउन त्यो क्षेत्रका सबै नेताहरु लागी परेका छन हाम्रो यहा पनी राजधानीको सवालमा सबै एक हुन जरुरी रहेको उनले बतए ।

दाङमा बाढीबाट क्षति भएको पूर्बाधार निर्माणका लागि आफुले २ अर्व रुपैया सरकारसग माग गरेको जानकारी दिदै मन्त्री चौधरीले केही दिन भित्रमा जिल्लामा रहेका केही पूलको उद्घाटन र शिलन्यासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा दाङमा आउन लागेको समेत चौधरीले कार्यक्रममा जानकारी दिएका थिए साथै समग्र दाङको विकासको लागी कुनै पनी दल नभनेर एक भएर लाग्नु पर्ने उनले बताएका छन ।

राजनिति भनेको चुनाबमा मात्र हो अब त विकासको लागी सबै एक ठाउमा हुनुपर्ने उनले बताएका छन ।उक्त स्वागत तथा सम्मान कार्यक्रमको सहजिकरण उपमहानगरपालीकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो