भदौ १३, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

कुनै पनि खालको गुन्डा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १३, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

कुनै पनि खालको गुन्डा"/>

2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध: गृह राज्यमन्त्री श्रेष्ठ


भदौ १३, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

कुनै पनि खालको गुन्डागर्दी सह्य नहुने बताउदै उनले गुन्डागर्दी यिन्त्रणको लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । ‘निर्वाध रुपमा सबै नागरिकहरुले निधक्क भएर भएर आफने पेसा व्यवसाय गर्न पाउनु पर्छ’, उनले भने,‘कुनै पनि वहानामा हुने गुन्डागर्दी सरकारले नियन्त्रण गर्छ ।’

उनले व्यवस्थापन सम्बन्धि कानुन नहुँदा प्राकृतिक प्रकोपपछिको व्यवस्थापनमा कठिनाई भएकाले सरकारले छिट्टै विपद व्यवस्थापन ऐन ल्याउने बताए । प्राकृतिक प्रकोपपछिको उद्धारा राहत र पुर्नस्थापना कार्यमा सहज गराउन विपद व्यवस्थापन विधेयक सहमतिको लागि कानुन मन्त्रालयमा पठाएको उनको भनाई थियो । 

सोमवार राजधानीमा रामेछाप–काठमाडौ पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले बाढी पहिरो  लगायतका प्राकृतिक विपदपछि एकद्धारा प्रणालीबाट नै राहत वितरण  गर्ने कार्य प्रभावकारी रहेको बताए । उनले एकद्धार प्रणालीबाट राहत वितरण गर्दा पीडितहरुले सहज रुपमा राहत प्राप्त गरेको उनले बताए ।

रामेछाप जिल्लाको विकास निर्माणको बारेमा आफूले प्राथमिकता निर्धारण गरेर नै काम गरेको बताउदै मन्त्री श्रेष्ठले भने,‘जिल्लामा मुख्य सडक, विद्युतीकरण, खानेपानी, जलविद्युत आयोजना, खानेपानीको समस्या समाधान गर्न प्रतिबद्ध भएर लाग्छु ।’

रामेछापमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गर्न प्रभावकारी भूमिका खेल्ने बताउदै उनले जिल्लाको विकासको आधार उर्जा नै भएकोमा जोड दिए । जिल्लामा रहेको जलविद्युत आयोजनालाई अगाडि बढाउन समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गर्दै जलाशययुक्त आयोजना सञ्चालन गर्न सकेको खण्डमा रामेछापको मुहार नै फेरिने बताए ।

उनले नयाँ संरचना अनुसार गठन भएको रामेछापको ८ वटै स्थानीय तहमा रहने गरी एक एक वटा साना सहर निर्माणको कामलाई अगाडि बढाउन शहरी विकास मन्त्रालयसँग कुराकानी अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई