प्रेम सुनार/भदौ १३, गुल्मी । काठमाणडौंमा जारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं केन्द्रिय सम्मेलनमा सचिव पदमा एउटै जिल्ला गुल्मीका चार जनाले उम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/भदौ १३, गुल्मी । काठमाणडौंमा जारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं केन्द्रिय सम्मेलनमा सचिव पदमा एउटै जिल्ला गुल्मीका चार जनाले उम"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अखिल क्रान्तिकारीको सम्मेलनमा सचिवको उमेदवार गुल्मीका चार जना

२०७४, १३ भाद्र मंगलवार ०८:३६


प्रेम सुनार/भदौ १३, गुल्मी । काठमाणडौंमा जारी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औं केन्द्रिय सम्मेलनमा सचिव पदमा एउटै जिल्ला गुल्मीका चार जनाले उमेदवार दिएका छन् । 

५ नम्वर प्रदेश सचिवमा प्रकाश अधिकारी, यदु ज्ञवाली र छात्रा सचिव पदमा अध्यक्ष रञ्जित तामाङ्गको  प्यानलबाट उमेदवारी दिएका हुन् । त्यस्तै अध्यक्ष अनिल शर्माको प्यानलबाट गुल्मीकै प्रकाश घिमिरेले सचिव पदमा उमेदवारी दिएका  छन् ।

चारै जना युवा विद्यार्थी नेताहरु शसक्त भएकोले सचिव पदको दावी नछाडेर चुनावी प्रतिष्पर्धामा भिडन चाहेको माओवादी केन्द्र गुल्मीका प्रचार विभाग प्रमुख युवाराज केसीले जानकारी दिए । उनका अनुसार गुल्मीकै अर्का विद्यार्थी नेता घनश्याम खरेल भने केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भई सकेका छन् । दिव्रुङ्ग निवासी खरेल आयोजक कमिटीमा पनि केन्द्रिय सदस्य थिए । 

पद्यमाकन्या क्याम्पस काठमाण्डौमा अध्यानरत छात्रा सचिव वसन्त भण्डारी काठमाण्डौमा शसक्त विद्यार्थी नेता मानिन्छिन् । उनको घर गुल्मीको धुर्कोटरजस्थलमा पर्दछ । पौदीअमराई अरेवाका प्रकाश घिमिरे पनि काठमाण्डौंका चल्तापुर्जा विद्यार्थी नेता हुन् । प्रकाश अधिकारी बुटवलमा कार्य क्षेत्र बनाएर त्यहाँको विद्यार्थी संगठनलाई हाँक्दै आएका विद्यार्थी नेता हुन् । उनको घर गुल्मी कै दर्लामचौरमा पर्दछ । 

यदु ज्ञवाली गत स्थानिय निर्वाचनमा गुल्मीमा सवै भन्दा कान्छो गाउँपालिका प्रमुख उमेदवार हुन र यस जिल्लाको विद्यार्थी आन्दोलनका  हस्तीहरु मध्ये एक हुन् ।  माओवादी आन्दोलनको ईतिहाँसमै निर्वाचनबाटै संगठन निर्माणको ईतिहाँस रच्दै छ अखिल क्रान्तिकारीले यति वेला । 

हाल सम्म माउ पार्टी र उसका कुनै पनि भातृ संगठनले मतदानबाट संगठन निर्माण गरेका थिएनन् । ‘तोक आदेशमा पद’ जसलाई नेताले टिका लगाई दिने प्रथा भनेर आलोचना समेत हुने गरेको थियो । 

वरिष्ठता र योगदानको कदर भन्दै कैयौ असहमत हुँदाहुँदै पनि जनवादी केन्द्रियताको  माओवादी परम्परालाई तोड्दै लोकतान्त्रिक विधि अपनाईएको अखिल क्रान्तिकारीको २१ औं सम्मेलन यस अर्थमा पनि सिङ्गो पार्टीलाई चुनौती र आफैमा ऐतिहाँसिक महत्वको बनिरहेको छ । सात गतेबाट चलिरहेको सम्मेलनमा सहमतिको प्रयास गरिए पनि भोली मतदान हुन गई रहेको छ । 

अध्यक्षमा क्रमशः माओवादी नेता तथा गृहमन्त्री जनार्दन शर्माका भाई  शर्मा , तामाङ्ग र  पदम अर्यालले उमेदवार दिएका छन् । सम्मेलन त्रिभुवन विश्व विद्यालय किर्तिपुरमा चलिरहेको छ । 

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले गरेका थिए । 

तस्वीरः गुल्मीका चार जना सचिवका उमेदवार र सर्वसम्मत निर्वाचि केन्द्रिय सदस्य 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार