भदौ १३,काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ । 

नेपाल शैक्षिक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३,काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ । 

नेपाल शैक्षिक प"/>

2026-07-25 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन : सञ्चारमन्त्री बस्नेत

भदौ १३,काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ । 

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २१औँ वार्षिक स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेर तेस्रो चरण हुन थालेको छ भन्दै प्रदेश र सङ्घको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन आउने बताउनुभयो । उहाँले संविधान गतिशील भएकाले आवश्यकअनुसार संशोधन हुनेमा पनि जोड दिनुभयो । 

“संविधानमा केही त्रुटि रहेकाले आवश्यकताअनुसार संशोधन गर्दै जाने हो”, मन्त्री बस्नेतले भन्नुभयो, “संविधान कार्यान्वयन भएपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्ने छ ।” शिक्षा व्यापारमुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिँदै उहाँले शिक्षामा आयात र व्यापारमा निर्यात गर्नुपर्छ भन्नुभयो । 

मन्त्री बस्नेतले विदेशिएका विद्यार्थी नेपाल फर्काउन सके नेपालको भविष्य सुन्दर हुने सुझाव दिनुभयो । 

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल चेम्बर अफ कमर्शका उपाध्याक्ष ज्ञानेन्द्ररत्न तुलाधार, नेपाल अभिभावक सङ्घका अध्यक्ष केशव पुरी, इक्यानका अध्यक्ष प्रकाश पाण्डेले विदेशमा अध्ययन गरेका नेपाली जनशक्तिलाई नेपालमै आएर काम काम गर्ने वातावराण तयार पार्नुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक