२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

को हुन् न्यायाधीश डा. थारुलाई मसी प्रहार गर्ने तीन जना ?

३० जेष्ठ २०८२, बिहीबार १८:१३

काठमाडौँ । उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मसी प्रहार गर्ने तीन जनाको पहिचान खुलेको छ।

नेकपा बहुमतका ती तीन जना कार्यकर्ताले बिहीबार दिउँसो न्यायाधीश थारुको कार्यकक्षमै पुगेर मोसो प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार मसी प्रहार गर्नेहरूमा प्यूठानको गौमुखी गाउँपालिका–६ स्थायी घर भई हाल ललितपुरको कुपन्डोलमा बस्दै आएका ३८ वर्षीय अविनाश उर्फ किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार, कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् भने मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिराहाका जिल्ला समिति सदस्य हुन्।

घटनापछि प्रहरीले उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएको हो।

थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो। सो फैसलालाई जनविरोधी ठहर गर्दै थारुलाई मसी प्रहार गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु