भास्कर के.सी/भदौ १५, कञ्चनपुर । भिमदत्त नगरपालिकाको वार्ड नं. १२ ओदालीमा महाकाली नदीको किनारमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी/भदौ १५, कञ्चनपुर । भिमदत्त नगरपालिकाको वार्ड नं. १२ ओदालीमा महाकाली नदीको किनारमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले "/>

2026-07-02 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रधानमन्त्रीद्वारा महाकाली नदीमा बन्ने चार लेन पुल शिलान्यास

2017-08-31


भास्कर के.सी/भदौ १५, कञ्चनपुर । भिमदत्त नगरपालिकाको वार्ड नं. १२ ओदालीमा महाकाली नदीको किनारमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार भव्य समारोहका बीच महाकाली नदीमा निर्माण हुने ‘चारलेन’ पक्की मोटरपुलको शिलन्यास गर्नु भएको छ । 

यस पक्की पुलको निर्माणले वार्ड नं. १२ बासी मात्र होइन प्रदेश नं. ७ जनताको लामो समयदेखि पुल बने हुन्थ्यो भन्ने सपना पुरा भएको प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बताउनु भएको छ साथै हालैको भारत भ्रमणको बेला दोधारा चाँदनीमा डायपोर्ट बनाउने सहमती भएको प्रष्ट्याउनु भएको छ । यसले गर्दा भारतका ठूला शहरहरुबाट दिल्ली देखि सिधै यसै पुलबाट मालबाहक गाडीबाट सामान समेत ल्याउन सकिने छ । 

यस पुलको निर्माणका क्रममा शिलान्यास स्थल देखि गड्डाचौकीसम्म केही जग्गा अधिग्रहण हुने भएकोले  जग्गाको मूल्यांकन गरी मुआब्जा दिने योजना रहेको ऐलानी जग्गाको उचित क्षतिपूर्ति दिने बताउनु भएको छ । 

कञ्चनपुरको नेपाल(भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् । शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् । ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ प्रधानमन्त्रीले भने, ‘यो पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना हो ।’


भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि यो पुल कोसेढुंगा सावित हुने भन्दै प्रधानमन्त्रीले भने, ‘लामो समयको प्रतीक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’ 

उनले भर्खरै सम्पन्न आफ्नो भारत भ्रमणका बिषयमा ‘दुई देशबीचको सम्वन्ध निकै ठूलो उचाइमा पुर्रुयाएको बताउँदै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना हुने, गौरीफण्टा नाकाको स्तर उन्नती गरिने लगायतका बिषयहरुमा महत्वपूर्ण सहमति भएको पनि उनले जानकारी दिए । 

सदरमुकाम भीमदत्तनगरदेखि पाँच किलोमिटर दक्षिणमा बन्न लागेको सो पुलले महाकाली पारिका गाउँ चाँदनी दोधारालाई जोड्ने छ।

सडक विभागका महानिर्देशक गोपाल सिग्देलले पुलले चाँदनी दोदोधराका साथै भारतसँग पनि नेपाललाई जोड्ने बताए । आठ सय मिटर लम्बाइ  रहेको उक्त पुलको ठेक्का कुमार सीएफईसी जेभीले पाएको छ । 

झण्डै तीन अर्बको लागतमा निर्माण हुने ४ लेनको पुलको लम्बाई ८ सय मिटरको हुने छ भने ३ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ । यसका साथै पञ्चेश्वर परियोजनाको डिपिआर एक महिना भित्र तयार गर्ने र यस बाट प्रशस्त मात्रामा विद्युतीकरणको उपयोग गर्नुका साथै आधा पानीको प्रयोगमा ल्याउने भारत सरकारसंग सहमती भएको बताउनु भएको छ । र यसका साथै दार्चुलाको जोलजिवीमा पक्की पुल र प्राविधिक विद्यालय खोल्ने भारत सरकारसंग सम्झौता समेत भएको आफ्नो मन्तव्यमा बताइएको छ । 

भौतकी पूर्वाधार तथा यायाता मन्त्री बीर बहादुर बलायरले यस चार लेनको पक्की पुलको निर्माणले महाकाली पारीको दोधारा चाँदनी भूभाग जोडिएको र भिमदत्त नगरपालिकामा रहेको एयर पोर्टका साथै धनगढीमा अन्तराष्ट्रिय स्तरको हवाइ मैदान बनाउन बजेट विनियोजन भएको कुरा उल्लेख गर्नु भएको छ । अर्का भौतिक राज्यमन्त्री सीता गुरुङले यस चार लेनको पक्की पुलको निर्माणले ७ नं. प्रदेशको व्यापार, उद्योगको विकास भइ आर्थिक क्रान्ति ल्याउने विचार ब्यक्त गर्नु भएको थियो । 

पूर्वमन्त्री रमेश लेखकले महाकालीमा चार लेनको पक्की पुल निर्माण मेरो कार्यकालमा शुरु भएको र यस पुलको निर्माणले यस क्षेत्रको काया पलट हुने र सुदूरपश्चिमको विकासको नाका खुलेको बताउदै देशको सबै भन्दा ठूलो नाका हुने बताउनु भयो साथै विकास हामी सबैको साझा दायित्व हो भन्नु भएको छ । अन्य मन्तव्य दिनेहरुमा पूर्वमन्त्रीहरु, एनपी साउँद, सांसदहरु बहादुर सिह थापा, बलदेव बोहरा लगायतकाले आफ्ना विचार राखेका थिए । 

साथै यस शिलान्यास कार्यक्रममा कञ्चनपुरका जिल्लाका बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, महाकाली नगरपालिका र भिमदत्त नगरपालिकाका मेयरहरुले यस क्षेत्रको समसामयिक समस्याका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई जानकारी गराएका छन । 

चार लेनको पक्की पुल निर्माण यस क्षेत्रमा हुने भएकोले यस क्षेत्रका जनता खुसी भएका छन । साथै उक्त शिलन्यास कार्यक्रममा सुदूरपश्चिमको संस्कृति झल्काउने गौरा नाच सिद्धनाथ अमर ज्योति महिला समूहले प्रस्तुत गरेका थिए भने जागृति समूह महिलाले डेउडा खेल र छलिया नृत्य समेत प्रदर्शन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना