२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि विमानस्थल अध्यागमनका दुई उपसचिवको काज फिर्ता

१ असार २०८२, आईतवार १३:१५

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत दुई उपसचिवको काज फिर्ता गरेको छ।

दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको विषयमा प्रधानमन्त्री कार्यालयले पत्राचार गरेपछि उपसचिव अच्युत श्रेष्ठ र निराजन श्रेष्ठको काज फिर्ता गरिएको हो।

गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव सुरेशराज जोशीका अनुसार, श्रेष्ठद्वयको दरबन्दी अन्यत्र रहेकाले उनीहरूलाई सोही स्थानमा फर्काइएको हो। अच्युत श्रेष्ठ गृह मन्त्रालयमा र निराजन श्रेष्ठ अध्यागमन विभागमा दरबन्दीकृत कर्मचारी हुन्।

प्रधानमन्त्री कार्यालयका प्रशासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह सचिव गोकर्णमणि दुवाडीलाई पत्र पठाउँदै, विमानस्थलमा दरबन्दीभन्दा बढी काजमा रहेका कर्मचारी फिर्ता गरी सात दिनभित्र जानकारी गराउन निर्देशन दिएका थिए।

त्यसपछिप्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव प्रेमप्रसाद आचार्य अनुसार, गृह सचिव दुवाडीले जेठ २९ गते प्रधानमन्त्री कार्यालयलाई पठाएको पत्रमार्फत काजमा रहेका अतिरिक्त कर्मचारी फिर्ता गरिएको जानकारी दिएका छन्।

विमानस्थल अध्यागमन कार्यालयमा उपसचिवको स्वीकृत दरबन्दी ६ जना रहेकोमा ‘प्रभाव’ प्रयोग गरी ८ जना पुगेका थिए। अच्युत श्रेष्ठ र निराजन श्रेष्ठको काज फिर्तापछि अब दरबन्दीअनुसार ६ उपसचिव मात्रै कार्यरत रहेका छन्।शाखा अधिकृततर्फ १२१ जनाको दरबन्दी रहेकोमा हाल ११८ जना कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव