३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क

६ असार २०८२, शुक्रबार १६:३०

काठमाडौँ | इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले २४ सै घण्टा सञ्चालन हुने गरी परराष्ट्र मन्त्रालयमा हेल्प डेस्क राख्ने भएको छ ।

डेस्कमा परराष्ट्रसहित गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारीसमेत हुनेछन् । परराष्ट्र मन्त्रालयमा आज चार मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा बसेको बैठकमा श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी पनि उपस्थित थिए । गृह र पर्यटन मन्त्रालयबाट भने सचिवको प्रतिनिधित्व रहेको थियो ।परराष्ट्रमन्त्री राणाले बैठकमा स्वदेश फर्कन चाहने नेपालीहरूलाई मन्त्रालयले स्थापना गरिएको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, युद्धपछि उत्पन्न अवस्थालाई गम्भीर रुपमा हेरिएको बताइकी थिइन् ।

 

मन्त्रालयस्तरीय छलफलमा इजरायल र इराकमा उत्पन्न असहज अवस्थाको कारण स्वदेश फर्कन चाहने नेपालीलाई कसरी उद्धार गरी ल्याउने भन्नेबारे छलफल भएको मन्त्री राणाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’