पर्वत । कुश्मा नगरपालिकामा एमालेले आपफ्रनो बहुमतको दम्भ देखाएका कारणा नगरपालिका कमजोर हुन लागेको नेपाली काँग्ेसले बताएको छ । लामो समय हुदाँ समेत कूश्मा नगरपालिकाको नीति तथा कार्यत्रफम सार्वजानिक हुन नसक्नुमा एमालेको बहुमतको दम्भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिकामा एमालेले आपफ्रनो बहुमतको दम्भ देखाएका कारणा नगरपालिका कमजोर हुन लागेको नेपाली काँग्ेसले बताएको छ । लामो समय हुदाँ समेत कूश्मा नगरपालिकाको नीति तथा कार्यत्रफम सार्वजानिक हुन नसक्नुमा एमालेको बहुमतको दम्भ"/>
2026-07-02 02:08 PM
पर्बत - PBT

एमालेले बहुमतकोे आडमा मेयरको हातखुट्टा बाधेर कुर्सीमा राख्न खोज्यो – कांग्रेस

2017-09-03

पर्वत । कुश्मा नगरपालिकामा एमालेले आपफ्रनो बहुमतको दम्भ देखाएका कारणा नगरपालिका कमजोर हुन लागेको नेपाली काँग्ेसले बताएको छ । लामो समय हुदाँ समेत कूश्मा नगरपालिकाको नीति तथा कार्यत्रफम सार्वजानिक हुन नसक्नुमा एमालेको बहुमतको दम्भ भएको एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेसले जनाएको छ ।

यस्तैमा केहि दिन अगाडी एमाले पर्वतका अध्यक्ष पदम गिरीले प्रेस चौतारी निकटका पत्रकारहरुसँग कुरा गर्दै कश्मा नगरमा नेपाली कांग्रेसले दम्भ देखाएको र जनप्रतिनिधीहरुलाई काम गर्न नदिएको बताएको केहि दिन नहुँदै आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन कै आयोजना गरेर यी सबै एमालेको नौटकीं भएको बताएको छ ।

आज कुश्मा बजार स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कांग्रेस पर्वतका पार्टी सभापती खिम प्रसाद भुषालले एमालेले जनप्रतिनिधीहरुलाई पार्टीको बुख्याचा जस्तो बनाएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सभापती भुषालले भने नेपाली कांग्रेसबाट टिक लिएका हाम्रो साथीले चुनाव जित्नु भएको छ उहाँ चुनाव जितेपछि जनप्रतिनिधी हो उहाँलाई काम गर्न किन नदिएको भन्दै एमाले अध्यक्ष पदम गिरीले भैसकेको सहमतीलाई पनि एमाले पार्टी कार्यालयमा लगेर तोडेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा भुषालले अगाडी भने कुश्मा नगरमा एमालेको बुहमत छ अन्त कांग्रेसको पनि छ हामीले अन्त सबै स्थानहरुमा मिलेर काम गरौं भनेर सहमती गरेका छौं तर यहाँ एमालेले मान्दै मान्दैन भन्दै कुश्मा नगरका मेयरको हातखुट्टा बाधेर कुर्सीमा राख्न खोजिएको छ यसरी कहाँ सहमती हन्छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापती खिम प्रसाद भुषालद्धारा जारी गरिएको प्रेस बिज्ञप्ती पनि पत्रकारहरुलाई दिईएको छ । कांग्रेस पर्वतद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । पछिल्लो समयमा कुश्मा नगरपालिको बिषयलाई लिएर नेपाली कांग्रेसको समेत नाम जोडि नेकपा एमाले पर्वतले गरेको मिडियाबाजीप्रति कांग्रेसको ध्यान आर्कषण भएको भन्दै स्थानिय तह मार्फत आफ्नो समृद्धीको सपना देखेका नगरवासीको भावनालाई कुठाराघात गरि राजनितीको नियोजित प्रपञ्चमा नगरपालिकालाई बन्धक बनाउन खोज्ने र उल्टै कांग्रेस पार्टीलाई दोष लगाएर जनतामा भ्रम श्रृजना गर्न खोज्ने एमाले पर्वतको नौंटर्की चरित्रको हामी घोर भत्र्सना गर्दछौं भनिएको छ ।

साथै बिज्ञप्तीमा कुश्मा नगरमा जनताले चुनाव जिताएका जनप्रतिनिधि नगरबिकासको लागि सकारात्मक हुँदा हुँदै ति जनप्रतिनिधीलाई समेत हस्तक्षेप गरि कुश्मा नगरपालिकालाई एमाले पार्टी कार्यालयबाट संञ्चालन गर्न खोज्ने नेकपा एमाले र एमाले नेतृत्वको रवैया गैरराजनैतिक र अलोकतान्त्रिक भएको बताएको छ । नेपाली कांग्रेस सदैव कुश्मा नगरको बिकासको लागि सकारात्मक रहेको भन्दै बिज्ञप्ती मार्फत आफ्नो राजनैतिक स्वार्थ पुर्ति सिद्ध गर्न खोज्ने नौटकीपुर्ण द्धयद चरित्रको भण्डाफोर गर्न अपिल गर्दछौं भनिएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव युक्त प्रसाद श्रेष्ठको संञ्चालनमा भएको पत्रकार सम्मेलनको अध्यक्ष कांग्रेस सभापती भुषाल नै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना