2026-07-02 02:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादीले सिरहामा उम्मेदवार टुङ्ग्यायो, (नामावलीसहित)

2017-09-04

भदौ १९, सिरहा । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले सिरहाका अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ ।

सिरहामा १८ स्थानीय तह छन् । तीमध्ये १३ स्थानीय तहमा उम्मेदवार चयन गरेको सो पार्टीले जनाएको छ । लहान नगरपालिकाकाको प्रमुखमा खड्गनारायण चौधरी र उपप्रमुखमा रिक्मा विश्वकर्मा, धनगढीमाई नगारपालिकाको प्रमुखमा हरिनारायण चौधरी र उपप्रमुखमा फुलकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सदस्य तथा २ नं प्रदेश संयोजक विश्वनाथ साहले जानकारी दिए ।

यसैगरी मिर्चैया नगरपालिकाको प्रमुखमा श्रवणकुमार यादव, गोलबजार नगरपालिकाको प्रमुखमा देवनाथ साह र उपप्रमुखमा रेशम थापा, सिरहा नगरपालिकाको प्रमुखमा महेश यादव र उपप्रमुखमा रेखादेवी यादव, कर्जन्हा नगरपालिकाको प्रमुखमा गंगा पासवान तथा कल्याणपुर नगरपालिकाको प्रमुखमा प्रकाश महासेठलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताए ।

उनका अनुसार सुखीपुर नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल गर्ने विषयमा छलफल भइरहेकोले त्यहाँ पार्टीले उम्मेदवार चयन गरिएको छैन् ।

त्यस्तै सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्षमा बालेश्वर साह र उपाध्यक्षमा अनिता यादव, नवराजपुर गाउँपालिकाको अध्यक्षमा रामनारायण दास र उपाध्यक्षमा सोमतिदेवी यादव, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा सत्यदेव यादव र उपाध्यक्षमा ललितादेवी यादव तथा अर्नमा गाउँपालिकाको अध्यक्षमा ठक्कु महतोलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताए ।

त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा वीरेन्द्र साह र उपाध्यक्षमा लीलादेवी परियार, नरहा गाउँपालिकाको अध्यक्षमा दुखमोचन यादव र उपाध्यक्षमा आशादेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

सुखीपुर नगरपालिका तथा औरही, बरियारपट्टी र भगवानपुर गाउँपालिकामा अन्य दलहरुसँग तालमेलका सम्भावना रहेकाले सो स्थानहरुमा तालमेलको आधारमा उम्मेदवार तय गरिनेपनि संयोजक साहले बताए ।

आठ नगरपालिका र नौ गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता छन् । निर्वाचनमा भाग लिन ३२ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दर्ता गराएका छन् । जिल्लामा कुल २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । -रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना