2026-07-24 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपा छाडेर शिवपुजन यादव माओवादीमा, सर्लाहीका ४ स्थानीय तहमा जिताइदिने

भदौ २०, काठमाडौँ | राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का केन्द्रीय नेता एवम् पूर्व सांसद शिवपुजन राय यादव आफ्नो पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रवेश गरेसँगै उनले सर्लाहीका ४ वटा स्थानीय तहमा जिताइदिने दावी समेत गरेका छन् । 

माओवादीमा प्रवेश गरेका यादव सर्लाहीमा प्रभावशाली नेता मानिन्छन् । यादवले पहिलो संविधान सभामा सर्लाही ६ मा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र कांग्रेसका अमरेशकुमार सिंहलाई फोरम नेपालबाट पराजित गरेका थिए । 

पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले उनलाई पार्टीको  पोलिटब्यूरो सदस्य बनाउने भएको छ । पार्टी प्रवेश गराएसंगै माओवादीले यादवलाई पोलिटब्यूरो सदस्य बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका हुन् । साथै माओवादी केन्द्रले असोजको निर्वाचनमा उनले भने बमोजिमका उम्मेदवारलाई नै टिकट दिने स्पष्ट पारेको छ । 

पार्टी प्रवेश गरेका यादवको स्थानमा माओवादी केन्द्रको त्यति राम्रो स्थिति छैन । जहाँ माओवादीलाई उम्मेदवार उठाउन समेत हम्मे-हम्मे थियो त्यहि स्थानमा माओवादीलाई जिताउने नेता शिवपुजन यादवको दावी छ  । उनले सर्लाहीको २ नगरपालिका र २ गाउँपालिकामा माओवादीलाई जिताउने दावी गरेपछी माओवादी केन्द्र हौसिएको छ ।

प्रदेश नम्बर २ मा आउँदो असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । जसका लागि २१ गते (भोली) उम्मेदवारी दर्ताको कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक