भदौ २०, सिरहा । आसन्न स्थानीय तहको निर्वाचनमा मिर्चैया नगरपालिकाको मेयरमा टिकट नदिएको भन्दै संघिय समाजबादी फोरम नेपाल सिरहाका प्रभाबशाली नेता राम दयाल यादवले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, सिरहा । आसन्न स्थानीय तहको निर्वाचनमा मिर्चैया नगरपालिकाको मेयरमा टिकट नदिएको भन्दै संघिय समाजबादी फोरम नेपाल सिरहाका प्रभाबशाली नेता राम दयाल यादवले "/>

2026-09-12 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मिर्चैयाको मेयरमा टिकट नपाएपछि यादवले गरे फोरम परित्याग

भदौ २०, सिरहा । आसन्न स्थानीय तहको निर्वाचनमा मिर्चैया नगरपालिकाको मेयरमा टिकट नदिएको भन्दै संघिय समाजबादी फोरम नेपाल सिरहाका प्रभाबशाली नेता राम दयाल यादवले पार्टी परित्यागका घोषणा गरेका छन् । 

मिर्चैयामा आज (मंगलवार) संचारकर्मीहरुसंग कुराकानी गर्दै मिर्चैया नगरपालिकाका नगर प्रतिनिधि समेत रहेका यादबले पार्टीले आफ्नो बलिदानी र योगदानको बाइपास गरी मिर्चैया नगरपालिकाको मेयरको टिकट बितरण गरेकोले पार्टीमा बस्ने औचित्य नरहेकोले साधारण सदस्य समेत नरहने गरी संघिय समाजबादी फोरम नेपाल परित्याग गरेको बताए । 

आसन्न स्थानिय तहको निर्वाचनमा मिर्चैया नगरपालिकाको मेयरका लागि फोरम नेपाल जिल्ला कार्य समिति सिरहाले आफ्नो नाम केन्द्रिय कार्य समितिमा सिफारिस गरेको थियो । तर पार्टीका केन्द्रिय नेतृत्बले संघर्षको अबमुल्यन गरी योगदानको लत्याउँदै आफुलाई टिकट नदिएपछि बाध्य भएर पार्टी परित्याग गर्नु परेको नेता यादबले बताए ।

मिर्चैया नगर अध्यक्ष उपेन्द्र सिंह, सचिब जय कुमार राय, मिर्चैया नगरपालिका बडा नं. १ का सम्भाबित बडा अध्यक्षको उम्मेदवार सुरेश महासेठ, बडा नं. ७ का बडा अध्यक्ष पंकज साह, बडा नं. ८ का बडा अध्यक्ष हरी राय, बडा नं. ९ का बडा अध्यक्ष योगेन्द्र यादब, बडा नं. १० का बडा अध्यक्ष बृजकिशोर सिंह, बडा नं. ११ का बडा अध्यक्ष राम किशोर सिंह लगायत एक हजार भन्दा बढी नेता कार्यकर्ता सहित निर्बाचनको पुर्ब संध्यामा फोरम नेपाल परित्याग गरेको यादबले दाबी गरे । 

नेता यादबले मधेश आन्दोलन २०६३–०६४ देखि फोरम नेपालमा आफूले दिएको योगदान र निष्ठालाई लत्याउदै पार्टीका केन्द्रिय नेतृत्बले मुल्यांकन नगरी पाखा लगाएको आरोप लगाए । पार्टी अध्यक्ष उपेन्द्र यादबले समेत टिकट दिने आश्वासन दिए पनि अन्तिम समयमा आएर नदिएपछि पार्टीमा बस्ने कुनै आधार नदेखिएकोले परित्याग गरेको यादबले स्पष्ट गरे । 

केहि केन्द्रिय नेताहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि जातीबाद, नाताबाद, कृपाबाद र आर्थिक प्रलोभनमा परी पार्टीको सिद्धान्त बिपरित आफुले पार्टीमा गरेको त्याग, तपस्या र बलिदानीको केहि ख्याल नगरि एकलौटी र तानाशाही ढंगले टिकट बितरण गरेको नेता यादबले आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा