2026-09-12 01:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसमा उम्मेदवार छनौटमा विवाद हुँदा खुकुरी हानाहान, १० घाइते

भदौ २१, सिरहा । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा उम्मेदवार छनौटको बिषयमा विवाद हुँदा खुकुरी हानाहान भएको छ । 

दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो ।

घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।

कांग्रेसले सिरहा नगरपालिकाकमा नेपाली कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई मेयरको टिकट दिएको छ । सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए । 

कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गर्ने क्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको प्रहरीले स्रोतले बताएको छ । अहिले झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा