2026-09-12 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन

भदौ २३,महोत्तरी । प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन भइरहेको छ । 

आचारसंहिता उल्लङ्घन गर्नेमा देशका ठूला राष्ट्रिय पार्टी — नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपादेखि लिएर मधेशवादी दल — राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम सबै रहेका छन् । 

त्यस्तै, अन्य पार्टीका साथै स्वतन्त्र उम्मेदवारसमेतले आचारसंहिताको घोर उल्लङ्घन गरेको देखिएको छ । दस नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा ७२० पदका लागि चार हजार ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्येक उम्मेदवारद्वारा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको देखिएको छ । 

आ–आफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीहरु आचारसंहिताको विपरीत भोट माग्ने र मतदातालाई आ–आफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ । 

यहाँका राजनीतिक दलले सार्वजनिकस्थलमा पोस्टर, पम्प्लेट, सभा सम्मेलनदेखि लिएर ठूल्ठूलो आवाजमा २४ घण्टे लाउडस्पिकर बजाएर प्रचार–प्रसार गरेको पाइएको छ । जिल्लाको प्रत्येक गाउँ–ठाउँको बिजुलीको पोल, टेलिकमको पोल र रूख–बिरुवामा अहिले विभिन्न पार्टीको झण्डा टाँगिएको देख्न सकिन्छ । 

त्यस्तै, ठूल्ठूला आकारका पोस्टरहरु पनि टाँगिएको देखिन्छ । यहाँका उम्मेदवारले आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूल्ठूला ब्यानर लिएर प्रचार– प्रसारमा उत्रेका छन् । 

यसैगरी, यहाँका प्रत्येक पार्टीले आफ्नो पार्टीको छाप अङ्कित भेस्ट, टोपी लगाएर सयाँै कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै, बालबालिकाको पनि प्रयोग गरिएको देखिएको छ । यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झूटो वाचा, विभिन्न प्रलोभन र पैसा बाँड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले