2026-09-19 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पूर्व सहायक मन्त्री प्रताप राम लोहारको निधन

भास्कर के.सी | भदौ २४, कञ्चनपुर | पूर्व विज्ञान तथा भौतिक सहायक मन्त्री प्रताप राम लोहारको ७२ वर्षको उमेरमा शुक्रबार बेलुका ५ बजे निधन भएको छ । 

उनको दुवै किड्नी फेल भई लामो समय देखि उपचारको क्रममा थिए ।

उनी सुदूरपश्चिमको दार्चुला जिल्लाको दुर्गम गाउँमा जन्मिएका थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका लुहारले राजनीति शास्त्रमा एम.ए. गरेका थिए । धेरै वर्ष पूर्वप्रधानमंत्री लोकेन्द्रबहादुर चन्दको पिए भएर काम गरे । उनी तत्कालिन गाउँफर्क राष्टिय अभियानका महाकाली अंचल सचिव समेत भएर काम गरेका थिए । २०४६ पछि उनी २०६७ साल सम्म कमल थापासंग पनि नजिक रहेर काम गरे । त्यही बेला शाही शासनको समयमा विज्ञान तथा भौतिक सहायक मन्त्री बनेका हुन् । पछि नेपाली काँग्रेसमा प्रवेश गरे लगतै मानार्थ केन्द्रीय सदस्य पनि भए । उनी शिक्षाप्रेमी पनि थिए । उनकै नेतृत्वमा काठमाडौं र महेन्द्रनगरमा वालगृह निर्माण भएको छ । जहाँ निर्धन, गरीब, असाहय बाल बालिका लाई निःशुल्क पढाईन्छ भने उनी फ्लोरिडा इन्टरनेशनल बोर्डि उच्च माध्यमिक विद्यालय र फ्लोरिडा इन्टरनेशनल कलेजका सञ्चालक रहर्नुका साथै महाकाली ओभरसिज पनि सञ्चालन गरेका थिए । उनले दलित समुदायको विकासको लागि काम गरेको हुदाँ भारत सरकारले डा.अम्बेडकर पुरस्कारले सम्मान गरेको थियो ।

उनका एक मात्र छोरा स्पेनमा रहेका र शनिबार आइपुगने हुनाले आइतबार विहान सानेपा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा अन्तिम श्रद्धञ्जलीको लागि राखि उनको पार्थिक शरीरलाई दिउँसो पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो