कृष्ण कँडेल | भदौ २५, बागलुङ | नेकपमा माओवादी केन्द्रका नेता देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् । 

 माओवादी केन्द्र  नगर संगठन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल | भदौ २५, बागलुङ | नेकपमा माओवादी केन्द्रका नेता देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् । 

 माओवादी केन्द्र  नगर संगठन "/>

2026-07-02 03:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अतिवादी सोचले मुलुक विखण्डन गर्छ’ —नेता गुरुङ

कृष्ण कँडेल | भदौ २५, बागलुङ | नेकपमा माओवादी केन्द्रका नेता देब गुरुङले अतिवादी सोचले मुलुक विखण्डन गर्ने बताएका छन् । 

 माओवादी केन्द्र  नगर संगठन समिति बागलुङले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै गुरुङले नेपाल विविधतापुर्ण मुलुक भएकाले सवैपक्षको एकता विना बलियो राष्ट्र बन्न नसक्ने बताए । ‘नेपाल बहुजातीय, बुहुसाँस्कृतिक, बहुधार्मिक तथा बहुभाषिक मुलुक हो,’ उनले भने, ‘अतिबादी सोचले हाम्रो जस्तो विविधता भएको देशलाई एकताबद्ध गर्दैन, झन् द्वन्द्व बढ्छ, अराजकताले विखण्डन निम्त्याउँछ ।’

माओवादीले हिमाल, पहाड र मधेशका भावनालाई समेटेर एकताबद्ध मुलुक बनाउन चाहेको उनले बताए । 

‘अहिले पहाड र मधेश दुवैतिर देखिएको अतिवादले कसैको हित गर्दैन, सवै विविधतालाई जोड्ने बृहत राष्ट्रिय एकता आवश्यक छ,’ नेता गुरुले भने । 

राजनीतिक अस्थिरताको अन्त्य गर्दै नेपाली राष्ट्रियतालाई बलियो बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पुर्णसमानुपातिक निर्वाचन प्रणाली अपनाउनुएको विकल्प नरहेको उनको तर्क छ । 

‘प्रत्यक्ष निर्वाचित कार्याकारी प्रमुख सहितको कार्यपालिका र पुर्णसमानुपातिक निर्वाचन प्रणालीले अहिले देखिएका समस्याको हल गर्छ,’ उनले अगाडी थपे, ‘यसले एकतिर कम्तिमा ५ बर्ष एउटै सरकारले देश चलाउँछ, अर्को जनसंख्याका आधारमा सवैको प्रतिनिधित्व नीति बनाउने तहमै भएपछि कसैलाई पनि विभेदको महसुस हुँदैन ।’

माओवादी केन्द्र प्रदेश नम्बर–४ का ईञ्चार्ज समेत रहेका उनले निर्वाचन प्रणालीलाई पुर्णसमानुपातिक बनाउँदा वित्तिकै करोडौँ खर्च गरेर चुनब लड्नुपर्ने र आफ्नो लगानी उठाउन अनियमितता गरेरै भएपनि पैसा कमाउनै पर्ने बाध्यताको अन्त्य गर्ने भएकाले भ्रष्टाचार समेत न्युनिकारण हुने धारणा राखे । 

‘हामीले यि दुई मुद्धा पहिलेदेखि नै उठाउँदै आएका हौँ, नयाँ संविधानमा समेट्न सकिएन,’ उनले भने, ‘मंसिरमा हुने निर्वाचनमै त यो सम्भव छैन, तर त्यसपछि संविधान संसोधन गरेर यो व्यवस्था गर्नैपर्छ ।’

नेता गुरुङले प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट