२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एआईको सही सदुपयोग गर्न सके नेपालले ठुलो फड्को मार्ने : शेरबहादुर देउवा

२०८२, १२ श्रावण आईतवार १७:००

काठमाडौँ | सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भविष्यको सपना नभई देश विकासका लागि वर्तमानको आवश्यकता भएको बताएका छन् ।

पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागले आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स फर नेपाल्स डेभलपमेन्ट: अ होलिस्टिक अप्रोच’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एआईको सही सदुपयोग गर्न सके नेपालले ठुलो फड्को मार्ने धारणा राखे ।“आर्टिफिसियल इन्टेलिजेन्स अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो,” सभापति देउवाले भने, “यसको सदुपयोग हामीले गर्न सक्यौँ, नेपालीले गर्न सक्यौँ, हाम्रो पार्टीले गर्न सक्यौँ भने हामीले धेरै ठुलो उपलब्धि हासिल गर्न सक्छौँ ।”

उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सार्वजनिक सेवा प्रवाह जस्ता महत्त्वपूर्ण क्षेत्रमा एआईको जिम्मेवार र प्रभावकारी प्रयोग आवश्यक रहेकोमा जोड दिए । सूचना प्रविधिको विकासले जनताको जीवनशैलीलाई सरल, समावेशी र सम्मानजनक बनाएको उनको भनाइ थियो । सभापति देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा रहेको बताए । उनले विगतमा कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चार नीति र ऐनका कारण आज घरघरमा इन्टरनेट र डिजिटल सेवा पुगेको दाबी गरे । “एक क्लिकमै बैंकिङ सेवा, सरकारी जानकारी र डिजिटल शिक्षाजस्ता सुविधाहरू कांग्रेसका अग्रगामी नीतिहरूको परिणाम हुन्,” उनले भने ।

उनले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न र युवा उद्यमशीलता प्रवर्द्धन गर्न प्रयोग गर्नुपर्ने उल्लेख गर्दै अब देशले भविष्यदर्शी प्रविधिमैत्री नीतिमा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा