१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एआईको सही सदुपयोग गर्न सके नेपालले ठुलो फड्को मार्ने : शेरबहादुर देउवा

१२ श्रावण २०८२, आईतवार १७:००

काठमाडौँ | सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भविष्यको सपना नभई देश विकासका लागि वर्तमानको आवश्यकता भएको बताएका छन् ।

पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागले आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स फर नेपाल्स डेभलपमेन्ट: अ होलिस्टिक अप्रोच’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एआईको सही सदुपयोग गर्न सके नेपालले ठुलो फड्को मार्ने धारणा राखे ।“आर्टिफिसियल इन्टेलिजेन्स अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो,” सभापति देउवाले भने, “यसको सदुपयोग हामीले गर्न सक्यौँ, नेपालीले गर्न सक्यौँ, हाम्रो पार्टीले गर्न सक्यौँ भने हामीले धेरै ठुलो उपलब्धि हासिल गर्न सक्छौँ ।”

उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सार्वजनिक सेवा प्रवाह जस्ता महत्त्वपूर्ण क्षेत्रमा एआईको जिम्मेवार र प्रभावकारी प्रयोग आवश्यक रहेकोमा जोड दिए । सूचना प्रविधिको विकासले जनताको जीवनशैलीलाई सरल, समावेशी र सम्मानजनक बनाएको उनको भनाइ थियो । सभापति देउवाले नेपाली कांग्रेस सधैँ नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणको पक्षमा रहेको बताए । उनले विगतमा कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चार नीति र ऐनका कारण आज घरघरमा इन्टरनेट र डिजिटल सेवा पुगेको दाबी गरे । “एक क्लिकमै बैंकिङ सेवा, सरकारी जानकारी र डिजिटल शिक्षाजस्ता सुविधाहरू कांग्रेसका अग्रगामी नीतिहरूको परिणाम हुन्,” उनले भने ।

उनले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न र युवा उद्यमशीलता प्रवर्द्धन गर्न प्रयोग गर्नुपर्ने उल्लेख गर्दै अब देशले भविष्यदर्शी प्रविधिमैत्री नीतिमा केन्द्रित हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का