२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी राजनीति गर्दैछौं,हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ’ त्यसमा प्रश्न किन – नेता शेखर कोइराला

१५ श्रावण २०८२, बुधबार १३:५४

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति भइसकेको व्यक्तिलाई पुन: राजनीतिमा सक्रिय नहुन सुझाव दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो सुझाव दिएका हुन् । ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू फर्कने कुरा संविधानले त जे गरेपनि हुन्छ भनेर दिएको छ,’ उनले भने, ‘मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो । तर फर्कन त कसले रोक्न सक्छ र ?’

उनले आफू राजनीतिमा सक्रिय भएको व्यक्ति भएकाले राष्ट्रपति लगायतका विशिष्ट अधिकारीसँग बेला बेला भेट भइरहेने बताए । सोही प्रक्रिया अन्तर्गत पूर्वराष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गरेको उनको भनाइ थियो ।

 

‘हामी राजनीति गर्दैछौं । हामीहरूले विभिन्न भेट गरिरहनुपर्छ । म प्रतिप्रश्न गर्छु नेपाली कांग्रेस र माओवादी जब सरकारमा थियो त्यतिबेला मैले ओलीजीलाई भेटिरहेको थिएँ,’ कोइरालाले भने, ‘त्यतिबेला कहिल्यै प्रश्न गर्नुभएन । त्यतिबेला पनि छलफल गरेको हो । त्यस्तै छलफल अहिले पनि राजनीतिक दल र नेताहरूबीच भएको हो । लुकेर कसैले भेट गर्छन् होला तर म त्यसमा विश्वास गर्दिनँ ।’

उनले थप भने, ‘राष्ट्रपति हुँदा पनि भेटेको थिएँ । राष्ट्रपति छाडेपछि पनि निवासमै गएर भेटेको थिएँ । यो पनि त्यस्तै भेट मात्रै हो ।’

संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट फर्कनु लोकतन्त्रका लागि खतरनाक भएको पनि बताए ।

‘राष्ट्रपतिज्यूले एउटा ऐनलाई फेरि संसद्मा फर्काउनुभयो । यो गम्भीर विषय हो । संवैधानिक परिषद्मा ६ जना वरिष्ठ व्यक्तिहरू त्यसको सदस्य हुनुहुन्छ,’ कोइरालाले भने, ‘हामीले जुन लगेका थियौं, त्यो पास गरिदिएको भए हुन्थ्यो । त्यो पास नगरी अपर हाउसले ३ जना भइदिए बहुमत हुन्छ भनिदियो । यो लोकतन्त्रका लागि अत्यन्तै खतरानाक कुरा छ ।’

‘सरकार ०८४ सम्मै चलोस्’

उनले वर्तमान सरकार ०८४ सम्म नै चलोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘हामी चाहन्छौं यो सरकार ०८४ सम्म जाओस् । तर सरकार राम्रोसँग चलोस्,’ उनले भनेका छन् । कोइरालाका अनुसार वर्तमान सरकार राम्रोसँग चल्न भने सकेको छैन ।

‘यो राम्रोसँग चल्न सकेको छैन,’ उनले भने । सुशासनको विषमया आफूले जति अरु कसैले पनि नबोलेको उनले बताए । ‘सुशासनको कुरामा मैले जति बोलेको छु अरु कसैले बोलेको छैन । भ्रष्टाचारका कुरामा होस् वा लिचीबारीको कुरा होस् । राजनीति गर्ने व्यक्तिमा केही न केही त नैतिकता हुनुपर्छ,’ उनले भने ।

उनले सरकार परिवर्तन गर्नुको कारण जनतालाई पुष्टि गर्नुपर्ने पनि बताए । ‘जुन कारणले सरकार बदल्यौं त्यो कारण जनतालाई पुष्टि गर्न सक्नुपर्छ । अनि मात्रै हामी सफल हुन्छौं । अहिलेसम्म त्यो पुष्टि गर्न सकेका छैनौं,’ कोइरालाले भने । भूमिसम्बन्धी विधेयक संसदीय समितिमा छलफल भएर निर्णय होस् भन्ने आफूहरूको चाहना रहेको उनले बताए ।

‘भूमि विधेयक एमालेले आजको आजै संसद्बाट पास गरौं भन्यो । हाम्रा महामन्त्रीद्वय र अन्य सांसदहरूले संशोधन प्रस्ताव हाल्नुभएको छ,’ उनले भने, ‘यो विधेयक समितिमा गएर छलफल होस् र जे निर्णय हुन्छ त्यसलाई हामी मानौं भन्ने हाम्रो भनाइ हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने