2026-10-15 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशमा एकिकृत जनक्रान्तीको शुरुवात गर्दैछौ: प्रकाण्ड

भदौ २९, जुम्ला । नेपाल कम्युनिष्ट पार्टि विप्लब पक्षका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पार्टि एकिकृत जनक्रान्तीको तयारीमा लागेको बताउनुभएको छ । 

कर्णालीलाई अब देश संचालन गर्ने जिम्मा आएको भन्दै एकिकृत जनक्रान्तीको नेतृत्व पनि कर्णालीले लिनुपर्ने उहाँको भनाइ छ । देश दौडाहको क्रममा बिहिबार जुम्ला पुग्नु भएका प्रकाण्डले पत्रकारहरुसँग कुराकानि गर्दै आफ्नो पार्टी राष्ट्रिय स्वाधिनता र जनताको पक्षमा लडिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, देशका हरेक निकायमा नेतृत्व लिइरहेका दलालहरुको विरुद्धमा हाम्रो आन्दोलन जारी रहनेछ ।

 हामिलाई सबै बर्ग, लिंग र क्षेत्रले राम्रो साथ दिएका छन् । त्यसैले देशको स्वाधिनता माथि आँच पुग्ने गरी काम गर्ने जो सुकैलाई हामि माफि दिदैनौ । अब देशमा एकिकृत जनक्रान्तीको शुरुवात गर्दैछौ । 

त्यसमा सबै इमान्दार ब्यक्तिहरुले साथ दिने र आफ्नो पार्टि जनअधिकारको पक्षमा सफल हुने उहाँको दावि छ । माओबादि केन्द्रले गरेको १० बर्षे जनयुद्धलाइ क्रान्ती नभइ प्रतिक्रान्तीको संज्ञा दिदै माओबादिले अहिले आफ्नो एजेण्डा र मुद्धाहरु पनि भुलेको प्रवक्ता प्रकाण्डले तर्क गर्नुभयो । जनयुद्ध र जनआन्दोलनको नेतृत्व गरेको माओबादि केन्द्रले आन्दोलनको मर्म भुलेर देश र जनतालाइ न्याय दिलाउन नसकेको उहाँको भनाइ छ । 

उहाले भन्नुभयो, जनयुद्धमा कर्णालीका ५ सय बढि बहादुरले बलिदानि गरेका छन् । तर शहिदहरुको सपनालाई माओबादि केन्द्रले भुलेपनि आफ्नो पार्टि इमान्दार जनताको साथ सहयोगले बदलिदो समयसँगै फरक शैलिको आन्दोलनबाट एक दिन अवश्य पुरा गरेर देखाउने उहाँको दावि छ । 

देशमा बढ्दै गएको भष्टाचार, घुसखोरि, अनियमितता, गुण्डागर्दि जस्ता विकृति अन्त्यको अभियानमा सबैले साथ दिन नेपाल कम्युनिष्ट पार्टि विप्लब पक्षका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डको अपिल छ  । 

उहाँले संघिय संरचना सफल नहुने तर्क गर्दै सिंह दरबारको अधिकार गाँउगाँउमा नभएर सिंह दरबारको विकृति घरघरमा पुगेको आरोप लगाउनुभयो । देशि विदेशि शक्तिहरुले देश विखण्डन गर्न लागेको दावि गर्दै देश रास्ट्रिय आवाश्यकता भन्दा बाहिरी दिशामा गएकाले कुनै दिन देशको अस्तीत्व रहन्छ कि नाइ भन्ने चिन्ताको बिषय रहेको उहाँले बताउनुभयो । 

आफ्नो पाटिले जनताको अधिकारका लागि आवाज उठाउँदा प्रशासकहरुले आफुहरुमाथि हमला गर्नखोजे राम्रो नहुने भन्दै पाटिले आर्थिक अनियमितता गरेको भन्ने अनआवश्यकको हल्ला भैरहेको प्रकाण्डको दावि छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित