2026-07-02 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन: पोखरेल

2017-09-15

भदौ ३०, लहान । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । 

सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “काँग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न सकिन्न । ” 

महासचिव पोखरेलले पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा जस्तै २ नं प्रदेशमा पनि एमालेप्रति जनलहर छाएको छ भन्दै “एमालेलाई मधेशका जनताले माया, ममता गर्दै हुर्काएको हो, त्यसैले पनि एमालेलाई यहाँका जनताले अत्यधिक मत दिएर पहिलो शक्ति बनाउने छन्” भन्नुभयो । 

नेकपा (एमाले)ले तराई मधेशको विकासका लागि गरेका कार्यहरु र तराई मधेशमा ठूला पूर्वाधार निर्माण गरेर औद्योगिकीकरण गरी युवालाई स्वरोजगार गर्न अघि सारेका एजेण्डाकै कारण एमाले पक्षमा तराई मधेशका जनता उत्साहित देखिएको उहाँले बताउनुभयो । 

महासचिव पोखरेलले केही राजनीतिक दलले तराई मधेश र पहाडको बीचमा भावनात्मक दूरी बढाउने कोशिस गरिरहेको आरोप लगाउँदै मधेश र पहाडका जनताबीच बढ्दै गएको दूरीलाई कम गर्न र एकापसमा जोड्न आफ्नो पार्टी अघि बढेको धारणा पनि व्यक्त गर्नुभयो । 

सभामा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेस, माओवादीको चुनावी एजेण्डालाई पहिलो र दोस्रो चरणमा निर्वाचन भएका प्रदेशका जनताले अस्वीकृत गरिसकेकाले २ नं प्रदेशका जनताले पनि उनीहरुको एजेण्डालाई अस्वीकृत गरी एमालेलाई जिताउने दाबी गर्नुभयो । 

एमालेबाट धनगढीमाई नगरपालिकाको प्रमुख पदका उम्मेदवार शिवशंकर महतो र उपप्रमुखका उम्मेदवार निर्मला पासवानले नगरपालिकाका विभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधान गर्ने, नगरको समग्र विकासका लागि गुरुयोजना तयार गरी समृद्ध नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट