2026-07-25 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा घरमै बसेर तलव खाने शिक्षकलाई अखिल क्रान्तिकारीले कालोमोसो दल्‍यो

भदौ ३०, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले नुवाकोटका एक शिक्षकलाई कालोमोसो दलेको छ ।

जिल्लाको दुप्चेश्‍वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदि-६ सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई घरमै बसेर तलब बुझेको भन्दै कालोमोसो दलेका हुन् । उनीहरुले शिक्षक श्रेष्ठलाई बजारमै कालोमोसो दलेका थिए । 

विद्यालयमा नगई घरमै बसेर तलव र अन्य सुविधा खाएर राज्य कोषको दुरुपयोग गरेको, चेलीबेटी बेचबिखनमा संलग्‍न रहेकोले चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी नुवाकोटले बताएको छ ।

यस्तै चेलीबेटी बेचबिखन रोक्ने र राम्रो शिक्षा दिक्षा दिनुको साटो बिद्यालय नगएर त्यहाका सोझा अशिक्षित जनताका अधिकार माथि ठुलो कुठाराघात गरेकाले चेतावनीस्वरूप कालोमोसो दलेका हौ, अब पनि नसुध्रिए नैतिक कारवाही मात्र नभएर भौतिक कारवाही गर्न पनि पछि पर्दैनौ, अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष प्रपोजलद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अखिल क्रान्तिकारीको माउ पार्टी नेकपाले भ्रष्टचारी, घुसखोर, माफिया, दलाल, राष्ट्रघाती/जनघाती तथा सामाजिक अपराधीलाई राज्यले कारवाही गर्नुको सट्टा मौन बस्ने र उल्टै पुरस्कृत गर्दै लगेको भन्दै भदौदेखि कार्तिक मसान्तम्म जनजागरण र प्रतिरोध अभियान चलाउने घोषणा यस अघिनै गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक