प्रज्वल पौडेल/असोज १, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तिन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पौडेल/असोज १, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तिन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

उ"/>

2026-07-24 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध: गृह राज्यमन्त्री श्रेष्ठ


प्रज्वल पौडेल/असोज १, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले तिन वटै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

उहाँले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचन र अन्य निर्वाचन निष्पक्ष र भयरहित ढंगले सम्पन्न गराउन सरकार लागि परेको बताउनु भयो । 

 गृह राज्यमन्त्री श्रेष्ठले राजनीतिक स्थायित्व र दिगो विकासका लागि संविधान कार्यान्यन गर्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएको समयमा नै सम्पन्न गरिने धारणा राख्नुभयो ।

रामेछाप सांस्कृतिक कलाकार समाजले शनिवार राजधानीमा आयोजना गरेको दशैको शुभकामना तथा सष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जिल्लाका सबै व्यक्तित्वलाई काठमाडौंमा एउटै मञ्चमा कला,साहित्यको माध्यमबाट जोड्न सफल भएको बधाई दिनुभयो ।

उहाँले रामेछापलाई सक्षम, समृद्ध र शान्त बनाउन राजनीतिक दलहरुले मात्र सम्भवन नहुने भएकाले सबै रामेछापवासी एकजुट बन्नपर्ने धारणा राख्नुभयाे । उहाँले भन्नुभयो- “जिल्लाको विकास निर्माणमा बजेट विनियोजन भएपनि राजनीतिक खिचातानीले कार्यान्वयन हुन नसक्नु दुखद हो, मिलेर अगाडि बढौ ।”

श्रेष्ठले हाल विद्युतिकरण सबै क्षेत्रमा विद्युतिकरण प्रकृया अगाडि बढेको बताउदै जिल्लालाई कृषि, पर्यटन र जलविद्युतको क्षेत्रलाई विकास गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा सांसद कमला सुवेदी र आङटावा शेर्पाले रामेछाप जिल्लाको विकास निर्माणको कार्यमा सबै एकताबद्ध भएर अगाडि बढनु बताए । उनीहरूले संविधान कार्यान्वयन गराउने सबै जना आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने उत्कृष्ट १० जना स्रष्टाहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा कलाकार बेदबहादुर कार्की, पत्रकार मातृका पौडेल, खेलाडी भावना सुनुवार,अभिनेत्री मिथिला शर्मा, लोक गायक नारायण रायमाझी, लोक गायक रेशम थापा, लोक गायिका सीता थापा, गायक रोज मोक्तान, कलाकार अमृत बहादुर सुनुवार र कलाकार राजेन्द्र बहादुर कार्कीलाई सम्मान गरिएको थियो।

कार्यक्रमम रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले रामेछाप जिल्लासँग जोडिएर बिभिन्न ठाउँलाई कर्मथलो बनाउँदै जिल्ला तथा देशलाई नै चिनाएका कलाकारहरुलाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा विभित्र आवाज निकालेर चर्चित बनेका रमेश दुलालसँगै मोडल एलिना रायमाझी, गायिका तथा मोडल सिर्जु अधिकारी, गायिका भुमिका गिरी, साबित्री जोशी, गायक अमृत खाती लगायतका दर्जनौं कलाकारलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक