2026-10-15 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेमकिपाका १ सय ३७ कार्यकर्ता माओबादी केन्द्रमा प्रबेश गर्दै

असोज २, जुम्ला । जनताको चाहाना अनुसार पार्टीको विचार, कार्यशैली परिवर्तन नभएको भन्दै जुम्लामा झण्डै १ सय ३७ बढि नेता, कार्यकर्ताले नेपाल मजदुर किसान पार्टीबाट एकैसाथ राजिनामा दिएका छन् । 

नेमकिपा बदलिदो परिवेशमा फैलिनुको सट्टा खुम्चिदै जानुले यसमा कुनै नेता, कार्यकर्ताको भविष्य नदेखिएको आरोपमा नेता, कार्यकर्ताले पत्रकार सम्मेलन मार्फत पाटिबाट राजिनामा दिएको घोषणा गरेका हुन् । राजिनामा दिनेहरुमा नेमकिपाको भातृ शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष पुर्णप्रसाद धिताल सहित १ सय ३७ बढि सक्रिय नेता, कार्यकर्ता रहेका छन् ।                 

राजिनामा दिनेहरुले अभियान मार्फत अर्को एक बलियो पाटी निमार्ण गर्ने दाबी गरेका छन् । जहाँ जुन पाटीमा रहेपनि किसान, मजदुर लगातय विपन्न वर्गको हितका लागि काम गर्ने कुरा राजिनामा दिएका १ सय ३७ जनाले प्रतिबद्धता गरेका छन । राजिनामा दिएका सबै माओबादि केन्द्रमा प्रबेश गर्ने हल्ला भएता पनि एकिन सत्य भने खुलाइएको छैन ।

तर नेमकिपाबाट पार्टी परित्याग गरेका धिताल सहितका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी भइरहेको माओवादी केन्द्र जुम्लाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार यही असोज ८ गते सिंजामा हुने माओवादी केन्द्रको आमसभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने भएका छन् ।        

ईकाई तथा गाउँ ईन्चार्ज भएकासम्म नेमकिपाका कार्यकर्ताहरुले एकैसाथ राजिनामा दिएको विषयले जुम्लामा चर्चा पाएको छ । पाटी प्रतिको अविस्वासका कारण समर्थकहरुले साथ छोड्दै जादा नेमकिपाले अघि सारेका शैक्षिक क्षेत्रमा भईरहेको अनियमितता अन्त्य गर्ने, कालोबजारी तथा भ्रष्टचार मुक्त समाज निमार्ण जस्ता योजनाले पुर्ण रुप नपाउने देखिन्छ ।         

राजिनामा दिदै केन्द्रीय उपाध्यक्ष धितालले भन्नुभयो, जो पार्टीमा सुझाब सल्लाहको मध्यनजर हुदैन र जहाँ समय र आबश्यकता अनुसार कार्यशैली परिर्वतन हुदैन त्यहाँ बसिरहन कुनै औचित्य छैन । यहि राजतीनिक परिस्थितिबाट चल्न खोजे जुम्लामा नेमकिपाले कुनै गति लिन नसक्ने उहाँको भनाइ छ । राजिनामा दिएका सक्रिय कार्यकर्ता प्रयागदत्त उपाध्याले भन्नुभयो, देशमा समाजबाद स्थापना गर्न अधुरा सपनाको परिपुर्तिका लागि बृहत कम्युनिष्ट पाटी निमार्ण अभियान समिति समेत गठन गर्नेछौ । र सो अनुसार अघि बढ्नेछौ । 

यता नेमकिपा जिल्ला अध्यक्ष शिवलाल डाँगीले विचार सिद्धान्त नमिले पछि फरक धारमा प्रस्तुत हुनु स्वभाविक भएको भन्दै जानेहरुले पनि त्यहि अधिकारको प्रयोग गरेको तर्क गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित