2026-09-12 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहा जिल्लाको ७ स्थानीय तहको मतपरिणाम ! माओवादी सबैभन्दा अगाडी

असोज ३, सिरहा | सिरहाजिल्लाको पछिल्लो ताजा मतपरिणाम अनुसार ७ स्थानीय तह मध्ये माओवादी केन्द्र ३ स्थानमा र एमाले २ स्थान, कांग्रेस १ र फोरम १ स्थानमा अग्र स्थानमा छन् । 

तल हेर्नुहोस् परिणाम:- 

गोलबजार नगरपालिका 

गोलबजार नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी उम्मेदवार देवनाथ साहले १५२ एमाले ८९ र नेपाली कांग्रेसले ८७ मत ल्याएका छन् । 

मिर्चैया नगरपालिका 

मिर्चैया नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका श्रवणकुमार यादवले ३६१ एमालेका उम्मेदवार १७६ नेपाली कांग्रेसका उम्मेदवारले १०७ मत ल्याएका छन् ।

अर्नमा गाउँपालिका 

अर्नमा गाउँपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका ठकु महतो कोइरीले ३३९ मतका साथ अग्रता लिएका छन् । यस्तै एमालेका उम्मेदवारले २४९ नेपाली कांग्रेसका उम्मेदवारले १८४ मत ल्याएका छन् ।

लहान नगरपालिका 

सिरहाको लहान नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेस मेयर पदका उम्मेदवार अचमित लाल चौधरीले ७२६ मत ल्याउएका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवारले ६८० मत र नेकपा एमालेका उम्मेदवारले ६४६ मत ल्याउनुभएको छ ।

औरही गाउँपालिका 

औरही गाउँपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ । यहाँ फोरमले ४४८ मतका साथ अग्रता कायम गरेको छ  । फोरमलाई माओवादी केन्द्रले पछ्याईरहेको छ ।  

विष्णुपुर गाउँपालिका 

विष्णुपुर गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार सत्यनारायण यादवले १७२ मत फोरमका उम्मेदवारको ११४ र राजपाका उम्मेदवारले १०१ मत ल्याएका छन् ।

नरहा गाउँपालिका 

नरहा गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ । एमाले अध्यक्षका उम्मेदवार रामशरण यादव २०१ मत, नेपाली कांग्रेसका उम्मेदवारले १७२ र संघीय समाजवादी फोरमका उम्मेदवारले ५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ