2026-07-02 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीको प्रारम्भिक रुझान : राजमार्गमा एमाले र माओवादी बीच कडा टक्कर

2017-09-20

असोज ४, सर्लाही । सर्लाहीका २० स्थानीय तहमध्ये अधिकांशमा मतगणना जारी रहँदा पाँचवटा पार्टी प्रतिस्पर्धामा देखिएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा अन्य दलबीच प्रतिस्पर्धा भइरहेको छ ।

जनघनत्व बढी रहेका राजमार्ग क्षेत्रका नगरपालिकामा एमालेलाई माओवादीले टक्कर दिरहेको छ । राजमार्गमा दुई वामपन्थीको टक्करमा कांग्रेस निरीह देखिएको छ । राजमार्गका कुनै पनि नगरपालिकामा कांग्रेस दोस्रोमा पनि छैन ।

राजमार्गमा जोडिएका सर्लाहीका ६ नगरपालिकामध्ये चारमा एमालेले अग्रता लिएको छ भने माओवादी र फोरम एक–एक स्थानमा अगाडि छन् । दक्षिणका स्थानीय तहमा भने चार पक्षीय प्रतिस्पर्धा छ ।

पछिल्लो विवरण अनुसार, हरिवन, ईश्वरपुर, लालबन्दी र हरिपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

कांग्रेसले मलंगवा, चक्रघट्टा, धनकौल गाउँपालिकामा अग्रता लिएको छ भने माओवादीे बागमती नगरपालिकामा अगाडि छ ।

त्यस्तै, राजपाले बलरा, कौडेना, चन्द्रनगरमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले विष्णु गाउँपालिका र बरहथवा नगरपालिकामा ‘लिड’ गरिरहेको छ ।

अन्य केही स्थानीय तहको मतगणना भइरहे पनि विस्तृत विवरण आउन बाँकी छ । मतगणनाको प्रारम्भिक रुझान् हेर्दा सर्लाहीमा कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरमको उस्तै–उस्तै अवस्था देखिएको छ ।

अन्लाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक