2026-09-12 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको चुनाव क्षेत्रबाट माओवादीले दोश्रो खाता खोल्यो

असोज ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको सिरहाबाट जीतको खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

सिरहाको कर्जन्हा नगरपालिका यो क्षेत्रबाट दोस्रो संविधान सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका थिए ।

मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् । यसैगरी उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ ४ हजार ३१३ मतसहित विजयी भएकी छन् ।

मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० र उपमेयरमा एमालेकै अञ्जु रायले २ हजार ९४५ मत पाए ।

कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर २ र ६ एमालेले र बाँकी सबै वडा माओवादी केन्द्रले जितेको हो ।

कर्जन्हा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्दछ । कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४७४ मतदातामध्ये १२ हजार १३२ मत खसेको थियो ।

यसअघि प्रदेस २ मा पहिलो खाता राजपाले खोलिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ