<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
2026-09-12 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डको चुनाव क्षेत्रमा मेयर जितेपछि माओवादीले यसरी मनायो खुसियाली (फोटो फिचर)

असोज ४, सिरहा | नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट खाता खोलेको छ । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रले विजयी भएको छ । 

माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गंगा पासवानले ४ हजार ३ सय ९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल महतोले ३ हजार एक सय ९० मत प्राप्त गरेको कर्जन्हाका निर्वाचन अधिकृत सुबर्णमान बनेपालीले बताए ।  

उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञान कुमारी श्रेष्ठ निर्वाचितचित भएकी छिन् । श्रेष्ठ ४ हजार ३ सय १६ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । श्रेष्ठकी निकटमत प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अन्जुकुमारी राईले २ हजार ९ सय ४५ मत प्राप्त गरेकी छिन् । 

कर्जन्हा नगरपालिकाको वडा २ र ६ मा मात्र एमालेका उम्मेदवार विजयी भएका छन् भने अन्य सबै वडा अध्यक्षमा माओवादी केन्द्र नै विजयी भएका छन् । 

१५ हजार ७ सय ७४ मतदाता रहेको यो नगरपालिकामा १२ हजार १ सय ६२ मत खसेको थियो । 

विजयी घोषणासंगै बिजयी जुलुस पनि अहिले नै निकालिएको छ ।

को हुन पासवान ? 


नाम– गंगा पासमान

ठेगाना– कर्जन्हा नपा –६

उमेर– ३५

शिक्षा– समान्य लेखपढ

सन्तान– ३ छोरी, १ छोरा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ