2026-07-03 09:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहाका पाँच स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

2017-09-21

असोज ५, सिरहा ।  सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तहको विर्वाचनको मन्तिम मत सार्वजनिक हुन सुरु गरेको छ । 

विहिवार विहान सम्मको सार्वजनिक मत अनुसार जिल्लामा ३ तहमा नेकपा माओवादी, दुई तहमा संघिय समाजवादी फोरम र एक तहमा नेपाली काँग्रेस विजयी भएका छन् । 


अर्नमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छन् । अध्यक्ष उम्मेदवार ठकु महतो कोइरीले  २ हजार २ सय ३६ प्राप्त गरेर विजयी हुनु भएको छ, भने निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चन्देश्वर मण्डलले २ हजार २ सय ९ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपाध्यक्षमा माओवादीकै शियावती मुखिया २ हजार २९९ मतका साथ विजयी हुनुभएको छ । 

निकटतम प्रतिद्वन्द्वी एमालेकी रामकुमारी महतोले २ हजार २ सय ९८ मत प्राप्त गर्नुभएको छ । पाँचवटा वडा रहेको यस गाँउपालिकामा वडा  १ र २ माओवादी केन्द्र, ३ संघीय समाजवादी फोरम, ४ एमाले र ५ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

गए राती नै नेकपा माओवादीले कर्जन्हा नगरपालीकामा पनि विजय हासिल गरेका छन्  । संघिय समाजवादी फोरम, नेपालले सिरहाको विष्णुपुर गाउँपालिका र भगवानपुर गाउँ पालीमा विजय हात पारेको छ । 

भगवानपुर गापा अध्यक्षमा फोरमका बेचन प्रसाद यादव ३ हजार ५८ मत र उपाध्यक्षमा फोरमकै सितादेवी यादवले ३ हजार १६ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।

उहाँहरुको निकटतम प्रतिद्धन्द्धी एमालेका अध्यक्ष पदका उम्मेदवार उग्रनारायण यादवले २ हजार ९७३ र उपाध्यक्ष उम्मेदवार बिन्दादेवी यादवले २ हजार ९१७ मत प्राप्त गर्नुभयो ।

यस्तै सिराहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । गएराती सम्पन्न भएको मतपरिणाम अनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव १ हजार ९४० मतका साथ विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सत्य नारायण यादवले १ हजार २८० मत प्राप्त गर्नुभयो । तेस्रोमा भने माओवादी केन्द्रका सतदेव यादवले १ हजार २५४ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै सो गाउँपालिकाको उपप्रमुखमा फोरम नेपालकी अरहुलादेवी सिंहले २ हजार ७ मत ल्याएर बिजयी हुनुभएको छ ।

उहाँकी निकटतम प्रतिस्पर्धी माओवादी केन्दकी ललितादेवी यादवले १ हजार २ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कागे्रसले नवराजपुर गाउँपालिका विजयी हासिल गरेको छ । नवराजपुर गाउँपालिकामा कांग्रेसका तर्फबाट अध्यक्षमा विश्वमोहनप्रसाद यादव २ हजार ३०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शिवकुमार यादवले २ हजार ११४ मत प्राप्त प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३७७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी संगीताकुमारी यादवले १ हजार ९८८ मत प्राप्त गर्नुभएको छ । 

पाँचवटा वडामध्ये तीन वटामा कांग्रेस । एक एक वटामा एमाले र संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । जस अन्तर्गत वडा १ मा वडाध्यक्ष एमाले, २,४ र ५ मा कांग्रेस र ३ मा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो