2026-07-02 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा चुनाव हारेपछि एमाले उम्मेदवारले आत्महत्या गरे !

असोज ५, सिरहा । स्थानीय तहको निर्वाचन अन्तर्गत सिरहामा चुनाव हारेका नेकपा एमालेका उम्मेदवार श्रीदेव सिंहले आत्महत्या गरेका छन् । 

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले दिएको जानकारी अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा एमालेतर्फबाट वडाध्यक्षका उम्मेदवार श्रीदेव सिंह दनुवारले आज आत्महत्या गरेका हुन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिष्णुपुर गाउँपालिकाकाको मतगणनाबारे थप 

सिराहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको थियो । गएराती सम्पन्न भएको मतपरिणाम अनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव १ हजार ९४० मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका सत्य नारायण यादवले १ हजार २८० मत प्राप्त गर्नुभयो । तेस्रोमा भने माओवादी केन्द्रका सतदेव यादवले १ हजार २५४ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै सो गाउँपालिकाको उपप्रमुखमा फोरम नेपालकी अरहुलादेवी सिंहले २ हजार ७ मत ल्याएर बिजयी हुनुभएको छ ।

उहाँकी निकटतम प्रतिस्पर्धी माओवादी केन्दकी ललितादेवी यादवले १ हजार २ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म कसले कति स्थानमा जिते ? 

हालसम्म प्रदेश नम्बर २ मा कांग्रेसले ८ स्थान जित्दै पहिलो स्थानमा छ भने माओवादी केन्द्र ५ तहमा जित्दै दोश्रो स्थानमा छ त्यस्तै एमाले चौथो स्थानमा छ । त्यस्तै राजपाले ३ स्थानमा जित दर्ता गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक