2026-09-12 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

पतरौता नपाको प्रमुखमा फोरम, उपप्रमुखमा राजपा

असोज ६, बारा। पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित भएको छ । 

संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ता रहनुभएको थियो । उहाँले दुई हजार ५३७ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी उपप्रमुखमा राजपा नेपालकी ईन्दुकुमारी साह विजयी हुनुभएके छ । उहाँले दुई हजार ५४६ मत प्राप्त गर्नुभएको थियो भने संघीय समाजवादी फोरम नेपालकी ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी निजगढ नगरपालिकामा नेपाली काँग्रेसका सुरेशकुमार खनाल सात हजार ६४८ प्राप्त गरी विजयी भएको छ भने उनको प्रतिद्वन्द्वी नेकपा(एमाले)का यमबहादुर खड्का रहेको छ । 

खड्काले छ हजार ८१८ मत प्राप्त गरेको छ । उपप्रमुखमा भने एमालेकी लीला खनाल ६ हजार ८१२ मत प्राप्त विजयी हुनुभएकको छ । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेस र माअ‍ेवादीको गठबन्धनका माओवादीका उपप्रमुख बेनीबहादुर मुक्तान ६ हजार ३७६ मत प्राप्त गरेको थियो । १३ वटा वडा रहेको सो नगरपालिकामा एमाले आठ वडा र नेपाली काँग्रेसले पाँच वडा जितेको प्रमुख निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिनुभयो ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह