2026-07-03 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिराहाको मिर्चैयामा माओवादी केन्द्र, कल्याणपुरमा काँग्रेस र नरहामा एमाले विजयी

2017-09-22

असोज ६, सिराहा। दोस्रो संविधानसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको सिरहा क्षेत्र नं ५ मा पर्ने मिर्चैया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । 

आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार सिरहाको मिर्चैया नगरपालिका प्रमुखमा माओवादी केन्द्र का श्रवणकुमार यादव चार हजार ७३६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सीताराम यादवले तीन हजार ९३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ । 

यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै जिवछी देवीले चार हजार ९३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निरसलादेवी साहले तीन हजार १४१ मत प्राप्त गर्नुभएको छ । 

यससँगै माओवादी केन्द्रले हासम्म सिरहाको चार स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै, सिरहाको कल्याणपुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसले जितेको छ । 

प्रमुखमा काँग्रेसका सूर्यनाथ मण्डल चार हजार ८०८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रामबाबु यादवले चार हजार ६०६ मत प्राप्त गर्नुभएको छ । 

उपप्रमुखमा काँग्रेसकै रोहणी कुमारी यादव चार हजार ६६४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाकै उम्मेदवार मसुदा खातुनले चार हजार ४३८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै काँग्रेसले हालसम्म सिरहाको दुई स्थानीय तह जितेको छ । 

यसैबीच, सिरहाको नरहा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । 

त्यस्तै, नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामशरण यादव र उपाध्यक्षमा एमालेकै गुलावदेवी यादव निर्वाचित हुनुभएको छ । 

अध्यक्षमा निर्वाचित रामशरणले एक हजार ६५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका अध्यक्ष उम्मेदवार रामसोगारत यादवले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, नरहा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित एमालेकै गुलावदेवीले एक हजार ८५५ मत प्राप्त गर्नुभयो ।    रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो