2026-09-12 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीका सबै तहको मतगणना सकियो, कुन दलले कति जिते ?

असोज ८, गौशाला । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । 

यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार नेकपा (माओवादी केन्द्र) चार स्थानसहित दोस्रो, नेपाली काँग्रेस तीन स्थानसहित तेस्रो भएका छन् । संघीय समाजवादी फोरम नेपालले पनि एक स्थानमा जीत हासिल गरेको छ । 

राजपाबाट जलेश्वर नगरपालिकामा रामशंकर मिश्र पाँच हजार १८०, मटिहानी नगरपालिकामा हरिप्रसाद मण्डल तीन हजार ४०३, महोत्तरी गाउँपालिकामा सुनिल राय दुई हजार ७५१, भंगहा नगरपालिकामा संजीवकुमार साह चार हजार ४७८, एकडारा गाउँपालिकामा रामछविला साह दुई हजार ३१८, पिपरा गाउँपालिकामा विनोदकुमार चौधरी दुई हजार ७७५ र मनरासिस्वा नगरपालिकामा सञ्जयकुमार सिंह चार हजार २३९ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको छ । 

त्यस्तै, माओवादी केन्द्रबाट जिल्लाको बर्दिवास नगरपालिकामा विदुरकुमार कार्की नौ हजार १८७, गौशाला नगरपालिकामा शिवनाथ महतो पाँच हजार ९४४, रामगोपालपुर नगरपालिकामा अशोक मण्डल दुई हजार ९४४ र सम्सी गाउँपालिकामा फारुक शेख दुई हजार ३४८ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यसैगरी, नेपाली काँग्रेसबाट औरही नगरपालिकामा सुनीलकुमार यादव तीन हजार १५९, बलवा नगरपालिकामा विनोद यादव तीन हजार ६१६ र लोहारपट्टी नगरपालिकामा शैलेन्द्रकुमार यादव चार हजार ५२३ मत ल्याएर विजयी हुनुभएको छ । 

संघीय समाजवादी फोरमबाट जिल्लाको सोनमा गाउँपालिकामा राजकुमार यादव चार हजार १३२ मत ल्याएर विजयी हुनुभएको छ । नेकपा एमालेले महोत्तरीमा कुनै पनि नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा जीत हासिल गर्न सकेन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह