असोज १०, काठमाडौँ | धादिङ्गका पुर्व वाइसियल अध्यक्ष तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य राजेश अधिकारी माओवादी केन्द्र त्यागि एमालेमा प्रवेश गरेका छन् । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १०, काठमाडौँ | धादिङ्गका पुर्व वाइसियल अध्यक्ष तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य राजेश अधिकारी माओवादी केन्द्र त्यागि एमालेमा प्रवेश गरेका छन् । 
<"/>

2026-10-15 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्गका पुर्व वाइसियल अध्यक्ष राजेश अधिकारी एमालेमा प्रवेश

असोज १०, काठमाडौँ | धादिङ्गका पुर्व वाइसियल अध्यक्ष तथा माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य राजेश अधिकारी माओवादी केन्द्र त्यागि एमालेमा प्रवेश गरेका छन् । 

मंगलबार काठमाडौँको धुम्बाराही स्थित एमाले पार्टी कार्यालयमा धादिङ्ग ज्वालामुखी गाउँपालिकाका सक्रिय नेता तथा कार्यकर्ताका साथ अधिकारी लाई एमाले अध्यक्ष केपी शर्मा वलीले खादा लगाई एमालेमा स्वागत गरेका हुन् । पार्टी प्रवेश पछीको कार्यक्रममा अधिकारीले अब एमालेमा सक्रिय राजनीति गर्ने बताए । उनले भने ‘यस अघि माओवादीमा रहेर जति सक्रियता देखाएँ अब एमालेमा आएर त्यो भन्दा बढी सक्रिय रहेर काम गर्नेछु ।’ 

अधिकारी गत २०६३ पुस ४ गतेदेखि माओवादीमा सक्रिय भई अहिलेको ज्वालामुखी ५ (खरी)मा माओवादीको नेतृत्व सम्हाल्दै आएका थिए । 

त्यस्तै सोहो कार्यक्रममा ललितपुर स्थित थापाथाली क्याम्पसका अनेरास्ववियु क्रान्तिकारीका बिद्यार्थी नेता निश्चल घिमिरे पनि एमालेमा प्रवेश गरेका छन् । 

कार्यक्रम पछी बोल्दै एमाले पार्टी केन्द्रीय समिति सदस्य तथा नुवाकोट/धादिङ्ग इन्चार्ज खेम प्रसाद लोहनीले एमालेको राजनीतिक आन्दोलन सफल भएको टिप्पणी गर्दै समृद्ध राष्ट्र निर्माणको लागि एमालेको नेतृत्व आवश्यक रहेको साझा सबाललाई बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने