2026-07-02 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा काँग्रेसले सिफारिस गर्यो प्रदेश र संघका उम्मेदवार

सम्राट सिंह | असोज १३, बझाङ | नेपाली काँग्रेस बझाङले प्रदेश र संघका उम्मेदवार सिफारिस गरेको छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बिहिबार उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

क्षेत्र नम्बर १ मा काँग्रेसले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ माननिय सांसद चन्द्रादेवि जोशी,जिल्ला पार्टी सभापती हर्कजंग बहादुर सिंह, पृथ्वी बहादुर सिंह र डा. अम्मर राज जोशीको नाम सिफारिस गरेको छ भने समानुपातीक तर्फ शिद्घराज जोशी , भक्तराज जोशी,हरि प्रसाद उपाध्याय,दिपक राम जोशी,प्रकाश स्नेही र प्रभालक्ष्मी बजालको नाम सिफारिस गरेको छ । यसैगरी प्रदेश सभाका लागि प्रत्यक्षतर्फ जगत प्रसाद जोशी, चेतराज बजाल, नन्दकृष्ण जोशी र धु्रवराज उपाध्याय को नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ उत्तम रोकाया,खडक बोहरा,उमाशंकर जोशी,बिष्णु कुमार सिंह( जगत),सम्मशेर बम्म,राम बहादुर महर,शिद्घराज जोशी,नारायण हमाल,बिष्णु ऐडी,खगेन्द्र प्रसाद जोशी,शान्ति पुजारा,देवि कुमारी सेटी,सुनिता थापा,हिरादेवि रोकाया खत्री, र पार्वती बिष्टको नाम सिफारिस गरेको नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सदस्य उत्तम रोकायाले बताए । 

क्षेत्र नम्बर २ बाट मा भने काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार नछुट्याएर एकमुष्ट १९ जनाको नाम सिफारिस गरेको छ जसमा नरेस बहादुर सिंह,डा. सुरेश मल्ल,प्रताप गुरुधामी,रमेस भण्डारी,बिष्णु दौल्याल,गुणाकर जोशी,गणेश भण्डारी, मिनादेवि रावल,शान्ति कुमारी महत,मनिशा धामी,कुमार जंग बहादुर सिंह,केशवराज जोशी,कविराज गिरी,सुर्यप्रकाश जोशी,देवराज शर्मा,इश्वर मल्ल, मनजीत ताम्राकार, नरेस थापा र कवि जप्रेलको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि माओवादी केन्द्रले भने करिब उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने नेकपा एमाले पनि उम्मेदवार छनौटका लागि आन्तरिक छलफलमा छ । स्थानिय निर्वाचन पछि सुस्ताएको राजनितिक चहलपहल फेरी बढ्दै गएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक