2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एमाले बझाङले प्रदेश सभाका उम्मेदवार लागि निर्वाचन गर्यो (मत परिणामसहित)

सम्राट सिंह/असोज १८, बझाङ । नेकपा एमाले बझाङको क्षेत्र नम्बर १ मा प्रदेश सभा उम्मेदवारका लागि निर्वाचन भएको छ । 

प्रदेश सभाका उम्मेदवार सिफारिसमा सहमती हुन नसकेपछि आज निर्वाचन गरिएको हो । निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष दिल बहादुर सिंहले ४७ मत ल्याएर पहिलो,नेता अर्जुन थापाले २४ मत ल्याएर दोस्रो र नेता कलक धामीले २२ मत ल्याएर तेस्रो र व्यवस्थापिका सांसद अफिलाल ओखेडाले १७ मत प्राप्त गरी चौँथो स्थानमा रहेका छन ।

एक महिला र दुई पुरुष गरी ३ जनाको नाम प्रदेशमा मा सिफारिस गर्नुपर्ने भएपनि महिला उम्मेदवारले उम्मेदवारी नदिएपछि क्रमश मतान्तरको आधारमा २ जना पुरुषको नाम मात्र प्रदेशमा पठाउने जनाएको छ । 

मतदानमा नेकपा एमालेका क्षेत्रीय संगठन समितिका ८४ जना सदस्यहरु मध्य ५५ जना सदस्यले मात्र मतदान गरेका थिए । एक मतदाताले २ जनालाई १÷१ वटा मतदान गर्न पाउने प्रावधान रहेको थियो । 

क्षेत्र नम्बर २ मा भने नेकपा एमालेले सहमतीका आधारमा नेता बिरेन्द्र भण्डारी,नेता दिल बहादुर भण्डारी र प्रकाश रोकाया गरी ३ जना नेताको नाम प्रदेशमा सिफारिस गर्ने निर्णय भएको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई