2026-07-02 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीका दलद्वारा प्रदेश र संघका उम्मेदवारको टुङ्गो लगाए, को-को परे ?

2017-10-05

असोज १९, डोटी (रासस) । आगामी मंसिरमा हुने भनिएको प्रदेश र केन्द्रको चुनावका लागि डोटीमा मुख्य राजनीतिक दलले उम्मेदवारको प्रस्तावित खाका सार्वजनिक गरेका छन् । 

मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले जिल्ला समितिबाट नाम टुंगो लगाइरहेका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले अन्तिम नाम टुंगो लगाएका छन् भने एमालेको बैठक जारी रहेको छ । 

आकांक्षी उम्मेदवारको लामो सूचीसहित काँग्रेसले आफ्नो निर्णय गरेको छ । केन्द्रीय तहका लागि वीरबहादुर बलायर, भरतबहादुर खड्का, यज्ञराज पाठक, टेकराज ओझा, पुष्पकुमार शाही र प्रसिस महरा गरी आधा दर्जन नेताको नाम केन्द्रमा पठाइएको छ । 

समानुपातिकतर्फका लागि भक्तबहादुर बलायर, प्रतिमा शाही, दीपक शाही, कल्पना शोव, सीतादेवी चोपडा, प्रेमा श्रेष्ठ र पार्वती चन्द गरी सातजनाको नाम संघको समानुपातिक सूचीमा पठाइएको छ । 

काँग्रेसबाट प्रदेश सभामा क्षेत्र नं १ प्रत्यक्षतर्फ भरतबहादुर कठायत, लक्ष्मण खड्का, रामबहादुर रोकाया, धनश्यामदत्त पाठक, नरबहादुर ढाँटसहित एक दर्जन नेताको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ बाट प्रदेशसभा प्रत्यक्षबाट योगेन्द्रबहादुर शाही, भूमिराज बडु, प्रदीपकुमार देउवासहित ११ जनाको नाम सिफारिस गरिएको छ । 

काँग्रेसले प्रदेश सामानुपातिकतर्फबाट कृष्ण दर्लामी, तेजबहादुर पुन मगर, लालबहादुर विक, पवित्रा भट्ट फुलारा, रश्मी खडायत कुँवरसहित १३ जनाको नाम प्रस्ताव गरेको छ । 

त्यस्तै, नेकपा (एमाले) डोटीले पनि प्रदेश सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट एमाले डोटीका जिल्ला अध्यक्ष चक्र मल्लको नाम सर्वसम्मतरुपमा सिफारिस गरिएको छ भने दुई नम्बर क्षेत्रबाट गौरी ओली, भोजनाथ योगी र पदम भट्ट गरी तीनजनाको नाम केन्द्रमा पठाउने निर्णय गरेको एमाले स्रोतले जानकारी दिएको छ । 

२ नम्बर क्षेत्रमा तीनजना उम्मेदवारको नाम प्रस्ताव गरिएको भएपनि १ नम्बर क्षेत्रमा जिल्ला अध्यक्ष चक्र मल्ललाई एकमात्र प्रस्ताव गरिएको छ । संघीय सभा तथा प्रदेश र केन्द्रको समानुपातिकका उम्मेदवारका बारेमा छलफल भइरहेको छ । 

मंगलबारदेखि जिल्ला सदरमुकाम सिलगढीमा जारी एमाले बैठकमा उम्मेदवार छनोटका विषयमा छलफल भइरहेको छ । उता माओवादी केन्द्रको बुधबार बसेको बैठकले उम्मेवारको नाम सिफारिस गरेको छ । केन्द्रका लागि त्रिलोेचन भट्ट, सिद्धराज भाट र प्रेम नेपाली रहेका छन् । 

त्यसैगरी, १ नम्बर क्षेत्रमा प्रदेशका लागि जनार्दन जोशी, तेज डुम्रेल, भरत बोहरा सेबक र भक्तबहादुर सिंहको नाम प्रस्ताव गरेको छ । क्षेत्र नम्बर २ मा प्रदेशका लागि शिवसिंह ओली, मीनबहादुर घर्ती, प्रेम कुँवर प्रख्यात र प्रेमा ओलीको नाम सिफारिस गरिएको छ । 

नेकपा (माओवादी केन्द्र)ले संघको समानुपातिकका लागि जंग विक ‘शैलेन्द्र’को नाम सिफारिस गरेको छ । प्रदेशतर्फ क्षेत्र नम्बर १ बाट सञ्जा रोकाया र २ नम्बर क्षेत्रबाट सिद्धराज विक ‘विश्वप्रकाश’लाई सिफारिस गरिएको छ । 

जिल्लामा क्रियाशील अन्य राजनीतिक दल पनि उम्मेदवारको प्रस्तावित खाका तयार गर्नका लागि छलफलमा जुटेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक