2026-07-02 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

एमाले दार्चुलाबाट सांसद ठगुन्ना प्रतिनिधि सभाको लागि सर्वसम्मत

2017-10-05

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । आगामी मंशिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले दार्चुलाले दुइ वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । एमाले क्षेत्र नम्बर १ र २ को भेलाले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको हो ।


प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ १ जना मात्रै सिफारिस भएका छन् । दार्चुला जिल्लाबाट निर्बाचित सांसद एवं नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना प्रत्यक्षतर्फ दुवै क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका हुन् । 

प्रदेश सभाको लागि दुवै क्षेत्रबाट सिफारिस नामावली जिल्ला कमिटीमा पठाइएको एमाले प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । एमाले जिल्ला कमिटी बैठक असोज २० गते बोलाइएको छ । बैठकले दुवै क्षेत्रबाट आएका नामावली केन्द्रमा सिफारिस गर्नेछ ।

एमालेले क्षेत्र नम्बर १ बाट उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष गेल्बुसिह बोहरा, एमाले उपाध्यक्ष उदयसिह बडाल र जिल्ला कमिटी सदस्य पदमराज पन्तको नाम सिफारिस भएको छ ।

यस्तै क्षेत्र नम्बर २ बाट एमाले केन्द्रीय अनुशासन आयोगका केन्द्रीय सदस्य विरबहादुर ठगुन्ना र जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको नाम सिफारिस भएको छ । दुवै क्षेत्रको समानुपातिक नामावली भने जिल्ला कमिटीमार्फत सिफारिस गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक