2026-07-02 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा काँग्रेसका २४३ जना उम्मेदवारको आकांक्षी, को-को छन ?

2017-10-05

असोज १९, धनगढी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ । 

नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम आज केन्द्रीय समितिमा सिफारिस गरेको हो । 

प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपतिकतर्फ उम्मेदवार हुन चाहने आकांक्षीमध्ये एक महिलासहित तीन÷तीन जनाको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएकोमा आकांक्षी बढी भएपछि सबैको नाम सिफारिस गर्नुपरेको काँग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले बताउनुभयो । 

काँग्रेसले प्रधानमन्त्रीका पत्नी डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।

यो क्षेत्रमा डा राणाको पक्षमा सर्वसम्मति हुन नसकेपछि सांसदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, प्रभावशाली नेता सुनिलकुमार भण्डारी, युवा नेता क्षितिज भण्डारी र गणेश देउवाको समेत नाम सिफारिस गरिएको छ । 

यस्तै प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ बाट सांसदद्वय ईश्वरी न्यौपाने र बुद्धिसागर चौधरी, नारायणदत्त मिश्र र डा रणबहादुर रावलसहित आठ जना, क्षेत्र नं २ बाट कमल शाह, मानबहादुर महतो र हेमबहादुर रावल, क्षेत्र नं ३ बाट गोविन्दराज जोशी, खेमराज चौधरी, मोहनराज मल्ल र पर्शुराम चौधरी, क्षेत्र नं ४ बाट डा लक्ष्मीराज पाठक, प्रकाश बम, सुनीलकुमार भण्डारी र हीरादत्त भट्टसहित पाँच जनाको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट पूर्वसांसद गंगाबहादुर कुँवर, जंगबहादुर साउद, फकिरसिं कडायत, लक्ष्मण न्यौपाने, धर्मराज न्यौपानेलगायत १४ जना क्षेत्र नं २ बाट लोकबहादुर महतो, जनक बम, देवानन्द जैशी, दलवीर साउद, उत्तम जोशी, लब शाही, कृष्ण पाण्डेसहित २० जना, क्षेत्र नं ३ बाट रामचरण चौधरी, दिपकराज जोशी, भीम बडुवाल, वीरबहादुर हमालसहित १५ जना, क्षेत्र नं ४ बाट पदमराज भट्ट, वीरेन्द्र भट्ट, शेरबहादुर देउवा, भोजबहादुर बम, रामबहादुर कलेल, दिनेश जोशी, यज्ञराज चौधरी र वीरबहादुर हमालसहित १६ जनाको नाम सिफारिस गरिएको छ । 

क्षेत्र नं ५ बाट काँग्रेसका जिल्ला सभापति नरनारायण शाह, आनन्दराज जोशी, नारायण भट्ट, हरिश खड्का, कृष्णबहादुर महरा, जीवन राना, गणेश देउवा, क्षितिज भण्डारी, केशव मिश्रसहित २२ जनाको नाम केन्द्रमा पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक