ताराबहादुर महत । असोज २०, दोलखा ।  नेकपा माओवादी केन्द्र, दोलखाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सहमत उम्मेद्वारको टुङ्गो लगाएको छ ।

विहिबार बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असोज २०, दोलखा ।  नेकपा माओवादी केन्द्र, दोलखाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सहमत उम्मेद्वारको टुङ्गो लगाएको छ ।

विहिबार बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको कार्य"/>

2026-07-02 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा माओवादी केन्द्रले छान्यो सर्वसहमत उम्मेद्वार

2017-10-06

ताराबहादुर महत । असोज २०, दोलखा ।  नेकपा माओवादी केन्द्र, दोलखाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सर्व सहमत उम्मेद्वारको टुङ्गो लगाएको छ ।

विहिबार बसेको जिल्ला कमिटी बैठकले उम्मेद्वारहरुको टुङ्गो लगाएको कार्यालय सदस्य सन्तोष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेतृ देवी खड्का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फकी उम्मेद्वार हुने भएकी छिन् । उनी माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा दोलखा इन्चार्ज हुन । त्यसैगरी प्रदेश सभाका लागि दोलखाको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्र, दोलखाका सह इन्चार्ज विशाल खड्का र क्षेत्र नम्बर २ बाट नरबहादुर पाख्रिन प्रत्यक्षतर्फका सर्वसहमत उम्मद्वार हुनु हुने भएको छ । प्रतिनिधि सभाकी उम्मेद्वार देवी खड्का र प्रदेशसभाका लागि क्षेत्र नम्बर १ का उम्मेद्वार विशाल खड्का सहोदर दिदीभाइ हुन । प्रदेशसभाको क्षेत्र नम्बर २ का उम्मेद्वार पाख्रिन केहि समयअघि राप्रपाबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

बैठकले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कृष्ण भुजेल, रीता रिमाल, नविन जिरेल र भिमबहादुर श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट हिमाली गोले, तेजबहादुर गोले, तक्त जिरेल, छिरिङ शेर्पा, डिएन शेर्पा र कृष्णमाया कार्की समानुपातिक उम्मेद्वार बनाउने निर्णय गरिएको छ । त्यसैगरी क्षेत्र नम्बर २ बाट लक्ष्मी थामी, जित मोक्तान, बर्जुराम घतानी र सोम तामाङ समानुपाति उम्मेद्वार बन्नुहुने भएको छ ।एमालेसँग चुनावी तालमेल भएमा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका तीनै जना उम्मेद्वारले लचकता अपनाउने निर्णय पनि भएको सदस्य केसीले बताउनुभयो ।

आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली काङ्ग्रेस दोलखाले दर्जनौं उम्मेद्वारका आकांक्षीको नाम यसअघि नै सिफारिस गरेर केन्द्रमा पठाईसकेको छ भने एमाले दोलखाले आजसम्म टुङ्गो लगाउने तयारी रहेको पार्टी उपसचिव डबल पाण्डेले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक