2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जिसस नवलपरासीमा कांग्रेस र लोकतान्त्रिकको चुनावी तालमेल, प्रमुखमा को उठ्दैछ ?

असोज २३, नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक मिलेर चुनाव लडने भएको छ । 

असोज २७ गते हुन लागेको समन्वय समितिको निर्वाचनमा कंग्रेस र लोकतान्त्रिकको चुनावी गठबन्धन भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको पहलमा कांग्रेसलाई समितिको प्रमुख सहित ६ सदस्य र लोकतान्त्रिकलाई उपप्रमुख सहित १ सदस्य दिएर चुनावी तालमेल गरिएको नेता कण्डेलले जानकारी दिए । 

भोली २४ गते मंगलबार समन्वय समितिका लागि मनोनयन दर्ता कार्यक्रम तय भएकाले कंग्रेसका नेता कण्डेले, लोकतान्त्रिकका केन्द्रिय सदस्य अनिल गौड, जिल्ला अध्यक्ष सुबाषचन्द्र गिरी र विभिन्न तहका निर्वाचित प्रमुख र उपप्रमुखसहितको बैठकले चुनावी गठबन्धन जोडदै उम्मेदवारपनि टुंगो लगाएका छन् । परासी क्षेत्रमा रहेको ७ स्थानिय तहमा कुल १४ जना मतदाता छन जसमध्ये कांग्रेस र लोकतान्त्रिक गरि ८ जना मतदाता छन् । यि तहहरुमा कांग्रेसको ७, एमाले ५, माओबादी १, फोरम लोकतान्त्रिक १ प्रमुख एवं उपप्रमुखमा निर्वाचित भएका थिए ।

समस्य समितिको प्रमुख पदमा कांग्रेसको तर्फबाट शिव शंकर रायलाई उम्मेदवार बनाइएको छ भने उपप्रमुख पदमा लोकतान्त्रिकबाट अब्दुलरहमान चुडिहारलाई उम्मेदवार चयन गरिएको नेता कण्डेलले बताए । नेता कण्डेलका अनुसार सबै स्थानिय तहलाई समेटदै सदस्य पदमा कांग्रेसको खेमाबाट उशा बंजाडे, चन्द्रकला शर्मा, बजरंगी कोईरी, अशरफ खान, निल बहादुर गुरुंग, राजेश यादवलाई उम्मेदवार छनौट गरिएको छ भने लोकतान्त्रिकबाट सदस्यमा आशादेवी चौधरी,टिकट दिइएको बताए । 

समन्वय समितिको ९ सदस्यका लागि हुन लागेको निर्वाचनमा यसरी कांग्रेसको भागमा ७ र लोकतान्त्रिकको भागमा २ सदस्य परेको नेता कण्डेलले बताए । असोज २४ गते मंगलबार उम्मेदवारहरुको मनोनयन दर्ता हुदै छ भने २७ गते समितिको निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा