2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम एकता काँग्रेस लागि हानिकारक भयो: भिम रावल

दिनेश ठकुल्ला/असोज २४, धनगढी । एमाले उपाध्यक्ष भिम रावलले बाम एकता देश र लोकतन्त्रका लागि नभई सत्तारुढ दल काँग्रेस लागि हानिकारक हुने टिप्पणी गर्नुभएको छ । 

एमाले प्रदेश नम्बर ७ का निर्णयहरु सार्वजनिक गर्न मगलवार विहान प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नम्बर प्रदेशका सयोजक समेत रहनुभएका रावलले यस्तो टिप्पणी गर्नुभएको हो । 

एमाले, माओवादी केन्द्र र नया शक्ति नेपाल पार्टीविच प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गठबन्धन बनाएर लडने र लगत्तै पार्टी एकिकरण गर्ने सहमति भएपछि काग्रेस लगायतका दलहरुले बाम गठबन्धन देश र लोकतन्त्रका लागि हानिकारक रहकोभन्दै आलोचना गरिरहेका बेला पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका रावलको यस्तो टिप्पणी आएको हो । 

उपाध्यक्ष रावलले बाम एकताले मुख्य गरि सत्तारुढ दल आत्तिएको बताउनुभयो । बाम एकताको आलोचना गर्नूभन्दा पनि अन्यदलसग गठबन्धन बनाएर अगाढी बढन पनि रावलले काग्रेसलाई आग्रह गर्नुभयो । 

सत्तासाझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसग चुनावी तालमेल लगत्तै पार्टी एकीकरण गर्ने सहमतिपछि चिढिएको काग्रेसले हाल कायम रहेका माओवादी केन्द्रका मन्त्री हटाएर सरकार पुर्नःगठन गर्ने हल्ला चलिरहेको भन्दै रावलले उक्त कुरा हास्यास्पद र आश्चर्यजनक रहेको बताउनुभयो । 

उहाँले चुनावको मुखमा आएर सरकार पुर्नःगठन र चुनाव सारिए आफुहरुलाई सह्य नहुने बताउनुभयो । अर्को प्रसङमा बौल्दै राववले पार्टीले जुन क्षेत्रको उम्मेद्वार बनाउछ, त्यही त्यही क्षेत्रबाट चुनाव लडने बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नम्बर २ र अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको छ । 

असोज २२ र २३ गते बसेको प्रदेश कमिटिको बैठकले एमाले, माओवादी केन्द्र र नयाशक्ति पार्टीविच भएको सहमतिको स्वागत गर्नुका साथै गठबन्धनका उम्मेद्वारलाई जिताउन सम्पूर्णलाई आग्रह गरेको छ । 

बैठकले ७ नम्बर प्रदेशबाट प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारको नामावली पनि केन्द्रमा सिफारिस गरेको छ भने निर्वाचनको मिति नसार्न सरकारसग माग गरेको छ । 

यसका साथै राजेश भण्डारी र नन्दलाल चटौतलाई प्रदेश सगठनको सदस्यमा सिफारिस गर्नुका साथै नरेन्द्र बस्नेत र विष्णु बहादुर सिहलाई प्रदेश सल्लाहाकार कमिटिको सदस्यमा मनोनयन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई