काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपाल"/>
2026-07-02 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ओलीको आदेश , देवी ज्ञवाली को वाध्यता ! मत पत्र च्यात्ने लाइ आफ्नै जिल्ला बाट कसरि भोट माग्नु ?

2017-10-10

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपालिकाका मेयर उम्मेदवार देबी ज्ञवालीलाई परेको छ ।


माओवादी केन्द्रसँग वाम गठबन्धनपछि ओलीले चितवन क्षेत्र नम्बर ३ बाट लड्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि देबी ज्ञवालीले चुनावी प्रचार गर्ने र भोट हाल्ने अभिव्यक्ति दिएका हुन् । क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिका पर्छ । यहाँ कांग्रेससँग मिलेर प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताइ छाडेका थिए ।


अनेकन जालझेल गरी आफूलाई हराएका प्रचण्ड र रेणु दाहालसँग निकै असन्तुष्ट रहेका देबी ज्ञवाली आफूमाथि भएको अन्याय सहदै पार्टीका लागि फेरि मिल्नुपर्ने अवस्था आएपछि उनीमाथि चोट परेको हो ।  ‘हिजो हाम्रो अपमान गर्ने प्रचण्ड र रेणु दाहालको पार्टीलाई कुनै हालतमा भोट हालिदैन्’ भन्दै कार्यकर्ताहरु आक्रोश पोखिरहेका छन् ।


कार्यकर्ताले आक्रोश पोखेपनि देबी ज्ञवाली भने अध्यक्ष ओलीको अभिव्यक्तिले चेपुवामा परेका छन् । दुश्मनभन्दा खराब सम्बन्ध रेणु र प्रचण्डसँग रहेका बेला प्रचण्डकै चुनाव प्रचार प्रसार गर्ने अवस्था आएपछि उनलाई तनाब भएको उनी निकटस्थहरु बताउँछन् ।


कान्तिपुर टेलिभिजनको सोमबार फायर साइड कार्यक्रममा पत्रकार भुषण दाहालले ओलीलाई सोधे– प्रचण्ड चितवनबाट चुनाव लड्ने कुरा गर्दै हुनुहुन्छ, देवी ज्ञवालीले प्रचण्डको चुनाव प्रचार गरिदिने हो ?


ओलीले भुषण दाहालको प्रश्नको जबाफ दिदैँ भने- ‘राजनीतिमा यो कुरा सामान्य हो । यस्तो भइरहन्छ ।’ उनले राजनीतिमा यसो हुनुलाई सामान्य कुरा भएको बताए ।


ओलीलाई आफ्नो र पार्टीको स्वार्थका लागि यो राम्रो लागेपनि हिजोका दिनमा प्रचण्ड र रेणु दाहालबाट अपमानजनक व्यवहार खेपेका, जित्दाजित्दै पनि हराइएका देबी ज्ञवालीको मन भने पक्कै पनि रोएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक