2026-07-25 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताउनु भएको छ ।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताउनु भयो । सुदूरपश्चिम प्रकृति र संस्कृति दुबैमा धनी भएकाले त्यसको मिश्रण नहुँदा विकास हुन नसकेको बताउनु भयो ।मन्त्री भण्डारीले श्रम मन्त्रालयमा भएका विभिन्न कार्यक्रमलाई द्रुत मार्गबाट सुदूरपश्चिममा ल्याउने प्रयास गरिने बताउनु भयो ।

उहाँले देशमा रोजगारीका अवसर सिर्जना गर्नु पर्ने उल्लेख गर्दै युवामा भएको प्रचुर शक्तिलाई प्रयोग गर्न दिने वातावरण नुहँदा युवा विदेशिने गरेका बताउनु भयो । उहाँले भन्नु भयो, “युवामा भएको ऊर्जा प्रयोग गर्ने वातावरण भएन । युवाको त्यो उकुसमुकुसता र छटपटी विस्फोटका रूपमा प्रकट भएको छ । जेनजी आन्दोलन युवाको ऊर्जाको विस्फोट थियो । त्यो आन्दोलन थिएन ।”

श्रम मन्त्रालयले आन्तरिक रोजगारका लागि कार्यविधि बनाएर केही कुरा अगाडि बढाएको मन्त्री भण्डारीले बताउनु भयो । मेलामा सात क्षेत्रका २२ विधामा तालिम सञ्चालन हुने बताइएको छ । मेला ४० दिनसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक