2026-07-25 06:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सन नहुने धारणा राखेकी छन् ।

सोमबार काठमाडौँको टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाद्वारा सोनाम लोछारको अवसरमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आफूले कष्ट सहेर पनि समाजको भलाईका लागि योगदान गर्ने नेपाली समाजको आधारभूत मुल्य राजनीतिक व्यवहारमा पनि लागू गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्,‘आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्य नबिर्सने व्यक्तिगत स्वार्थभन्दा वृहत्तर हितलाई प्राथमिकता दिने संस्कार हाम्रो सामाजिक जीवनको अभिन्न अंग हो । आफूले केही कष्ट सहेर पनि समाजको भलाई का लागि योगदान गर्ने हाम्रो नेपालको समाजको आधारभुत मुल्य हो । यो मुल्य र संस्कृति हाम्रो राजनीतिक व्यवहारमा पनि वरण गर्न सक्नुपर्छ ।’

त्यस्तै उनले रौथाने ज्ञान ,सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको धारणा राखिन् । ‘रैथाने ज्ञान सिप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ । सोनाम ल्होसार नेपालमा मात्र होइन विश्वमा पनि बसोवास गर्ने यस जातिले मनाउँछन् ,त्यसले गर्दा हाम्रो सांस्कृतिक पहिचानलाई विश्वमा पुर्याएको छ ।’

प्रधानमन्त्री कार्कीले नेपालको भाषा र संस्कृतिको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक