2026-07-03 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कांग्रेस का यी नेता को सूची हेर्नुहोस जो वरिस्ठ भएर पनि संसदीय सूची मा परेनन् ! कारण यस्तो

2017-10-12


काठमाडौं : प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन चार दिन बाँकी रहँदा नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ। कांग्रेसमा सबैभन्दा शक्तिशाली संचना मानिने संसदीय समिति उम्मेदवा छानौटका लागि गठन भएको हो।

कांग्रेसको वैधानिक संरचना मध्ये सबैभन्दा शक्तिशाली संसदीय समितिमा पहुँच र प्रभावका आधारमा ९ औं वरियताका केवी गुरुङ र १४ औं वरियताका बलबहादुर केसी आउट भएका छन् भने २३ औं वरियताका डाक्टर प्रकाशरण महतले इन्ट्री मारेका छन्।

सभापति शेरबहादुर देउवाले गठन गरेको संसदीय समितिमा आठौं वरियताका केवी गुरुङ, १५ औं वरियताका बलबहादुर केसी, १७ औं वरियताका नरहरी आचार्य, १८ औं वरियताका प्रदीप गिरि, २१ औं वरियताका रमेश रिजाल, २२औं वरियताका डा नारायण खड्का र २३ औं वरियताका डा मिनेन्द्र रिजाल भने अटाएनन्। उनीहरु सबैलाई पछि पर्दै २४ औं वरियताका डाक्टर प्रकाशरण महतले इन्ट्री मारेका हुन्।

विधानलाई नै चुनौति

कांग्रेसको विधानले संसदीय समितिमा को को रहने भन्ने स्पष्ट व्यवस्था गरिदिएको छ। संसदीय समितिमा सभापति र महामन्त्री संसदीय समितिमा पनि सभापति र महामन्त्री नै रहने व्यवस्था गरेको छ भने मनोनीत उपसभापति, महामन्त्री र सह-महामन्त्री पदेन सदस्य रहने व्यवस्था गरेको छ।

यस्तै पार्टीको सभापति बाहेकको व्यक्ति संसदीय दलको नेता भएमा संसदीय दलको नेता पनि पदेन सदस्य रहने व्यवस्था छ। अहिले सभापति शेरबहादुर देउवाले उपसभापति, महामन्त्री र सह-महामन्त्री मनोनित गरेका छैनन्। विधानको यो व्यवस्थाका आधारमा सभापति देउवाले बढीमा ११ सदस्य मात्र संसदीय समितिमा राख्न सक्छन्।

तर उनले अहिले संसदीय समितिमा लगेका व्यक्तिलाई नै पदाधिकारी नियुक्त गरे भने पनि १४ सदस्य भन्दा बढी संसदीय समितिमा अटाउँदैनन्।

स्रोतका अनुसार देउवाले आफ्नै पक्षका नेता व्यवस्थापन गर्न नसकेपछि १७ सदस्य पुर्‍याउनु परेको हो। अर्थमन्त्री समेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की तथा केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण र डाक्टर प्रकाशरण महतलाई व्यवस्थापन गर्न सभापति देउवाले यस्तो निर्णय गरेका हुन्।

‘हामी पहुँचमा भएनौँ, अब उहाँसँग गुनासो पनि केही गर्नुछैन,’ देउवा पक्षका एक केन्द्रीय सदस्यले भने, ‘देउवाजीलाई हामी आवश्यक भएनछौँ भनेर बुझ्नुपर्‍यो।’ उनले देउवाले केन्द्रीय सदस्यका बीच विभेद खडा गरेको आरोप लगाए।

वरिष्ठ नेता तथा पूर्वमहामन्त्री कुलबहादुर गुरुङले देउवाले आफूलाई संसदीय समितिमा नराख्नेबारे तयारीमै थाहा पाएको भन्दै संसदीय समितिमा नपर्दा कुनै अनौठो नलागेको बताए।

‘यो सभापतिजीको विवेकबाट भएको निर्णय हो। त्यसमा मेरो कुनै गुनासो छैन,’ नेता गुरुङले भने, ‘किनभने मलाई नराख्ने तयारी बारे मैले पहिले नै थाहा पाएको थिएँ। मैले उहाँसँग किन नराख्ने भनेर समेत सोधेको छैन।’

उनले १७ जना सदस्य बनाएको विषयमा भने आफूलाई अनौठो लागेको बताए।

‘विधानले त उहाँलाई त्यत्रो सदस्य बढाउने अधिकार दिएको छैन। कहाँबाट त्यस्तो निर्णय लिनुभयो?,’ गुरुङले प्रश्न गरे, ‘सभापतिले नै विधान संशोधन गर्नुभएको त हैन होला?’

उनले सभापतिले अधिकार प्रयोग गरेर संसदीय समिति गठन गर्नु राम्रो कुरा भएको भन्दै विधानको विषयमा प्रश्न भने नउठ्ने गरी गर्नुपर्ने बताए।

यस्तो छ नेपाली कांग्रेसमा वरियता

१)     सभापतिः शेरहादुर देउवा
२)     नेताः  रामचन्द्र पौडेल
३)     महामन्त्रीः शशांक कोइराला
४)     कोषाध्यक्षाः सितादेवी यादव
केन्द्रीय सदस्यहरु
५)     प्रकाशमान सिंह
६)     कृष्णप्रसाद सिटौला
७)     गोपालमान श्रेष्ठ
८)     बिमलेन्द्र निधि
९)     कुलबहादुर गुरुङ
१०)    खुमबहादुर खड्का
११)    चित्रलेखा यादव
१२)    पूर्णबहादुर खड्का
१३)    डा. रामशरण महत
१४)    अर्जुननरसिंह केसी
१५)    बलबहादुर केसी
१६)    महेश आचार्य
१७)    नरहि आचार्य
१८)    प्रदीप गिरि
१९)    बालकृष्ण खाँड
२०)    ज्ञानेन्द्रबहादुर कार्की
२१)    रमेश रिजाल
२२)    डा. नारायण खड्का
२३)    डा. मिनेन्द्र रिजाल
२४)    डा. प्रकाशरण महत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक