काठमाडौँ | प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ । रुवीभ्याली गाउँपालिका–१, २, ३ र ४ का मतपेटिका खन्याएर सर्टिङ गरी मतगणना सुरु गर्ने क्रममा विवाद भएपछि गणना प्रक्रिया स्थगित गरिएको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिलाई सर्वदलीय बैठकमा नबोलाएको भन्दै उक्त पार्टीका प्रतिनिधिहरूले आपत्ति जनाएपछि मतगणनास्थलमा विवाद उत्पन्न भएको बताइएको छ । विवाद समाधानका लागि निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको जनाइएको छ । छलफलपछि मात्रै मतगणना प्रक्रिया पुनः सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।