2026-07-04 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा दुईलाख आठ हजार मतदाता, कुन क्षेत्रमा कति ?

कात्तिक २, नुवाकोट (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीयतहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् । 

वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एकलाख ८५ हजार ७८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुईलाख आठ हजार १९१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय, नुवाकोटले जनाएको छ । 

स्थानीयतहको निर्वाचनपश्चात् चार महिनामा जिल्ला प्रशासन, निर्वाचन कार्यालय र स्थानीयतहको केन्द्रदेखि वडा कार्यालयसम्म सञ्चालन भएको घुम्ती सेवा शिविरबाट २२ हजार ४०९ जना मतदाता थप भएको निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो । 

जिल्लामा मतदाता वृद्धि भएसँगै मतदान केन्द्रसमेत बढेको छ । स्थानीयतहको निर्वाचनमा १२९ मतदानस्थलमा २४० मतदान केन्द्र निर्धारण भएकोमा अहिले मतदानस्थल साविक राखेर केन्द्र भने २० वटा थप गरी २६० पुर्याइएको निर्वाचन अधिकारीले जानकारी दिनुभयो । 

एक मतदान केन्द्रमा एकहजार मतदाता मात्र समावेश गर्ने भएकाले २२ हजार मतदाता थपिएपछि २० मतदान केन्द्र वृद्धि गर्न निर्वाचन आयोगमार्फत स्वीकृति लिएको निर्वाचन कार्यालयले जनाएको छ । 

नुवाकोटका आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि क्षेत्र नं १ मा एकलाख पाँच हजार २८७ जना र क्षेत्र नं २ मा एक लाख दुई हजार ९०४ जना मतदाता भोट दिन योग्य देखिएका छन् । 

यस्तै, प्रतिनिधिसभाको क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १ मा मतदाता संख्या ५२ हजार एकजना, क्षेत्र नं २ मा ५३ हजार २८६ जना मतदाता मत दिन योग्य भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्य क्षेत्र नं १ मा मतदाता ५१ हजार ६४९ जना र क्षेत्र नं २ मा ५१ हजार २५५ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

आसन्न निर्वाचनको लागि अहिले एक हजार २७४ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

निर्वाचन सुरक्षाको लागि जिल्लामा रहेको नेपाली सेनासमेत तैनाथ हुने र नेपाल प्रहरीको अहिले कायम रहेकोभन्दा दोब्बर बढी प्रहरी थप हुने नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिनुभयो । 

कात्तिक ५ गते प्रत्यक्षतर्फको उम्मेदवारको उम्मेदवारी दर्ता भएसँगै निर्वाचन सुरक्षा मजबुत बनाउन सुरक्षा अवस्था हेरेर सशस्त्र प्रहरीसमेत जिल्ला ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो । 

एक मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन यसअघि ११ देखि ३३ जनासम्म सुरक्षाकर्मी राखिएकोमा आसन्न निर्वाचनमा कम्तीमा २० जना सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षाकर्मीको संख्या वृद्धि गर्न नुवाकोट प्रशासनले गृहमन्त्रालयसँग थप जनशक्ति माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो