2026-07-04 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काग्रेस दार्चुलाले उम्मेदवार टुंग्यायो, यसकारण नेता बडु समानुपातिकमा गए

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ३, दार्चुला | नेपाली काग्रेस दार्चुलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको लागि उम्मेदवारी टुंग्याएको छ । दार्चुलाबाट सिफारीस भएका नामहरुमा काठमाण्डौमा लामो छलफलपछि काग्रेसले नाम फेरबदेल गर्दै उम्मेदवारी टुंग्याएको हो । 

दार्चुलाबाट प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ सिफारिस भएका काग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु समानुपातिकमा गएका छन् । काग्रेसले प्रतिनिधि सभाको लागि महाधिवेशन समिति सदस्य विक्रम सिह धामीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । धामीलाइ काग्रेस दार्चुलाले प्रतिनिधि सभाको लागि समानुपातिक र प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर २ को लागि प्रत्यक्षमा सिफारिस गरेको थियो । 

तश्विरमा क्रमश: १. दिलेन्द्र प्रसाद बडू, २. जगदिस पाल, ३. ललितसिंह बोहोरा, ४. मदन गिरी 

यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ को लागि काग्रेस पार्टी सभापति ललितसिह बोहरा र क्षेत्र नम्बर २ को लागि जगदीश बहादुर पालको नाम टुंगो लागेको छ । साथै प्रदेश सभा समानुपातिकतर्फ नन्दा वम र मदन गिरीको नाम टुंगो लागेको काग्रेसले जनाएको छ । 

नेता बडु यस अघि संविधान सभा निर्वाचन २०६४ मा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मणदत्त जोशी र ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेका उम्मेदवार गणेशसिह ठगुन्नासँग पराजीत भएका थिए । यस पटक प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएपनि एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेपछि बडु प्रत्यक्षबाट पछि हटेका हुन् । जिल्लामा एमाले र माओवादी मिल्दा काग्रेस पराजीत हुने अवस्था आएपछि बडुले सुरक्षित अवतरण गर्न समानुपातिकमा गएका हुन् । 

पटक पटक जिल्लाबाट निर्वाचित हुँदा मन्त्री बनेपनि बडुले पछिल्लो संविधान सभाको लागि भएका निर्वाचनमा पराजय व्यहोरेका थिए । काग्रेस कार्यकर्तामा स्थानीय तह निर्वाचनमा दार्चुलामा बहुमत स्थान जितेका छन् । जिल्लाका ९ तह मध्ये ५ तहमा प्रमुख र ४ तहमा उपप्रमुख विजयी भएका थिए । तर बाम गठबन्धन बनेपछि काग्रेस पार्टीमा प्रवक्ता समेत रहीसकेका, बर्तमान केन्द्रीय कार्यसम्पादन समिति सदस्य बडु पछि हटेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो