काठमाडौँ | उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता भएको छ। न्यायाधीश ऋषि राजभण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको हो ।
कानुनका विद्यार्थी विवेक चौधरीले न्यायाधीश भण्डारी र बास्तोलाविरुद्ध सोमबार मुद्दा दायर गरेका हुन्। न्यायाधीशले फैसला गर्दा सर्वोच्चबाट प्रतिपादित नजिर र बाध्यकारी कानुनी सिद्धान्त मिचेको आरोप लगाइएको छ।
१८ चैत बुधबार पेसी तय गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।